Advertisement
Advertisement
Advertisement
Advertisement

ललितपुरकी २३ वर्षीया रञ्जुले चुनाव जितिन्

  |      21:43:00   |  
ललितपुरकी  २३ वर्षीया रञ्जुले चुनाव जितिन्

काठमाडौं। दुई दिनअघिसम्म रञ्जु तिलाङ्गीको परिचय समाजसेवी र सामाजिक विभेदविरोधी अभियन्ताको थियो । अब उनले नयाँ परिचय पाएकी छन्– नेत्री । त्यो पनि कम उमेरमा विजयी भएर ।

ललितपुर महानगरपालिका वडा नं ३ मा एमालेबाट दलित महिला सदस्य कोटामा २३ वर्षीया रञ्जु निर्विरोध निर्वाचित भएकी हुन् । पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी हुने उनी अहिलेसम्मकी कान्छी हुन् ।

रञ्जु सामाजिक परिवर्तन रुचाउँछिन् । कतै सामाजिक विभेद र दुव्र्यवहार गरेको देखे तुरुन्त प्रतिकारमा उत्रन्छिन् । कुनै ठूलो संस्थाको साथबिना यस्तो परिवर्तनले ठूलो सफलता नपाउने देखेपछि तीन वर्षअघि उनी राजनीतिक दलमा आबद्ध भइन् । ‘सामाजिक क्षेत्रमा लाग्न संगठन र आर्थिक अवस्थाले गाह्रो पाथ्र्यो,’ रञ्जुले भनिन्, ‘अब मन खोलेर सामाजिक विभेदविरुद्ध काम गर्छु ।’

सदस्य पदमा उम्मेदवारी दिन एक एनजीओको जागिरबाट राजीनामा गरेकी रञ्जुलाई मंगलबार बाजागाजासहित नगरपरिक्रमा गराइयो । ललितपुर–३ ठाडोढुंगाकी रञ्जु सामाजिक दुव्र्यवहार नियन्त्रणका साथै घरपरिवारका झैंझगडा मिलाउनसमेत अग्रसर भइहाल्छिन् । सकभर सबैलाई समान व्यवहार भए हुन्थ्यो भन्ने चाहना राख्ने उनले भनिन्, ‘अब आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नेछु ।’ सामाजिक विभेद सदाका लागि अन्त्य गर्ने आफ्नो लक्ष्य रहेको उनले सुनाइन् ।’ सहरी क्षेत्रमा कम भए पनि छुवाछूतजस्ता सामाजिक दुव्र्यवहारका घटना महानगरपालिकाकै काँठ क्षेत्रमा दोहोरिने गरेको उनको अनुभव छ ।

स्थानीय शिक्षक हरिकृष्ण थापाले आर्थिक अवस्था कमजोर भए पनि रञ्जु हिम्मत नहार्ने खालकी युवती भएको बताए । ‘उनी सधैं समाज रूपान्तरण गर्नुपर्छ भन्ने भावना लिएर हिँडछिन्,’ उनले भने, ‘रञ्जुको विजयले समाजमा विद्यमान जातीय विभेद अन्त्य गर्न मद्दत पुग्नेछ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement