Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपति महिला उत्थान कार्यक्रम

  |      13:06:00   |  
राष्ट्रपति महिला उत्थान कार्यक्रम

असार २२, इटहरी । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । 

 

महिला तथा बालबालिका विभागको आयोजनामा भएको उक्त अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधिमार्फत विभिन्न नामबाट हुने गरेको लैङ्गिक विभेद एवं हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सचेत र सक्षम जनप्रतिनिधि तयार पार्नु उक्त अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ । 

 

समाजमा विद्यमान लैङ्गिक हिंसा महिला वा पुरुषबाट चलिनै रहेकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने विषयमा जननिर्वाचित पदाधिकारीद्वारा गाउँघरमा सचेतनापूर्वक अघि बढाउन सकियो भने भयावह अवस्थामा रहेको लैङ्गिक हिंसामा कमी ल्याउन सकिन्छ भन्ने भावनाले प्रेरित भएर यो कार्यक्रम अघि बढाएको पनि जानकारी दिइएको छ । 

 

कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षमा भएको उक्त अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरुषले महिलामाथि गर्ने र महिलाले पुरुषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लङ्घनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ भन्नुभयो । 

 

उक्त अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतले बोल्नुभएको थियो । 

 

इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रस्तुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement