Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपति भण्डारी बाह्रवर्षे नरदेवी श्वेतकाली नाचको समापनमा

  |      21:34:00   |  
राष्ट्रपति भण्डारी बाह्रवर्षे नरदेवी श्वेतकाली नाचको समापनमा

भदौ ३१,  काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यका परापूर्वकालदेखि नै सांस्कृतिक विविधताको अनुपम भण्डारका रुपमा रहेको बताएकी छन् ।

 

नरदेवी श्वेतकाली माईको १२ वर्षे पर्व देवी नाचको आज हनुमानढोका दरबारको नासल चोकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो संस्कृति संरक्षणका लागि संघीय र स्थानीय सरकारको ध्यान जानुपर्ने बताईन् । 

 

‘नेपाल विविध संस्कृति र भाषाको धनी राष्ट्रका रुपमा विश्वमा परिचित भएकाले यो पहिचान कायम राख्न यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्न म सरकारलाई आह्वान गर्छु’– राष्ट्रपति भण्डारीले भनिन् ।

 

सांसद नवीन्द्रराज जोशीले यो ऐतिहासिक नाच नेपालले विश्वसामु प्रस्तुत गर्नसक्ने गौरवपूर्ण कला भएको बताए । ‘यो नाचले जनताका लागि त्याग गर्ने शिक्षा दिएको छ, नाचमा जनताको रक्षाका लागि चण्डेश्वरी देवीले प्रेमको बलिदान गरी प्रेमी चन्द्रासुर दैत्यलाई मारेको देखाइएको छ’– उनले भनिन् । 

सातसय वर्षअघि शुरु भएको यो नाच जीवन्त मौलिक सम्पदा भएको सांसद जोशीले बताए । नाचघर बनाउन काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराए सांसद विकास कोषबाट बनाइदिने प्रतिबद्धता पनि उनले जनाए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाका सबै जात्रा सञ्चालन र भूकम्पले भत्किएका मठ मन्दिरको पुनःनिर्माणमा सहयोग गरिने वाचा गरे । नरदेवी श्वेतकाली मन्दिरको पुनःनिर्माणमा महानगरपालिकाले रु ९० लाख छुट्याएको जानकारी पनि उनले दिए । 

 

श्वेतकाली संरक्षण समितिका अध्यक्ष सत्यनारायण डंगोलले विसं २०६६ देखि शुरु भएको मेला यसपटक आठबर्षमा आजैदेखि समापन हुन लागेको जानकारी गराए । यो जात्रा यसअघि विसं २०३७ मा भएको थियो । 

 

बाह्र वर्षमा नरदेवी, इन्द्रचोक, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेललगायत १२ स्थानमा लैजानुपर्ने नियम रहेको छ । यो मेला विशेष अवसर पारेर शुरु गरिँदै आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement