Advertisement
Advertisement
Advertisement
Advertisement

यौन विचलनले ‘घरेलु हिंसा’

Symbolic Image
Symbolic Image

 

►अमृता अनमोल

पुुस १, बुुटवल ।  गत वैशाखमा नयाँ वर्षकै दिन योगीकुटीकी रीता केसी महिनावारी भएकी थिइन् । पतिले शारीरिक सम्बन्ध राख्न खोजे, उनले अस्वीकार गरिन् । त्यसपछि रिसाएका पतिले कम्प्युटरमा पोर्न साइट खोले । एक्लै यौन क्रियाकलापमा लिप्त भए । त्यसपछि प्रत्येक रात उनले पत्नीलाई पोर्न फिल्ममा जस्तै यौनसम्बन्ध कायम गर्न लगाए । नमाने कुट्न थाले । यस्तो व्यवहारबाट दिक्क रीताले माइतीको सल्लाहमा घरेलु हिंसाविरुद्ध उजुरी दिइन् । आइतबार उजुरीबारे बुझ्न जिल्ला प्रहरी पुगेकी रीता निराश थिइन् । ‘दुई वर्षकी छोरी छन् । पतिविरुद्ध मुद्दा लड्न मन थिएन,’ उनले भनिन्, ‘रात काट्नै नसक्ने भएपछि उजुरी गर्न आएकी हुँ ।’ 
 

बुटवल मिलनचोककी पूजा दुई साताअगाडि पतिबाट मरणासन्न हुने गरी कुटिइन् । रक्सीले मात्तिएका पतिले पोर्न साइट हेरेर त्यसअनुसारको सम्बन्ध राख्न दबाब दिए । उनले मानिनन् । पतिले कुटेर बेहोस तुल्याए । बिहान घटना थाहा पाएका छिमेकीले उजुरी गरे । उनका पति वासु अहिले इलाका प्रहरी बुटवलको हिरासतमा छन् । ‘बिहेदेखि नै यस्तै स्वभाव थियो । रक्सी खायो कि जतिबेला र जहाँ पायो त्यहीं सम्बन्ध राख्न खोज्थ्यो,’ पूजाले प्रहरीसँगको बयानमा भनिन्, ‘पहिले त मानिदिन्थें । अहिले सहनै नसकेपछि बोल्न थालेकी हुँ ।’ पछिल्लो समय समाज यौनप्रति खुल्दै र उदार बन्दै गएको छ । उदारता सकारात्मक यौन जीवनका लागि होइन, विचलनमा देखिन थालेको छ । फलस्वरूप पूजा र रीताजस्तै घरेलु हिंसामा पर्ने महिला बढेका छन् ।

 

प्रहरीमा दर्ता भएका धेरैजसो यस्ता घटना यौनसम्बन्धका कारण उब्जिएका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार गत वर्ष २ हजार १ सय ९९ घरेलु हिंसाविरुद्धका उजुरी परे । यो वर्षको मंसिर २० गतेसम्म ८ सय ५० उजुरी परेका छन् । त्यसमध्ये ८० प्रतिशत पतिपत्नी बीचका छन् । तिनमा पनि अधिकांश यौन विचलनका कारण उब्जिएको पाइएको प्रहरीले जनाएको छ । उजुरीमा धेरै रक्सी खाएर कुटेको, बाहिर प्रेमिका राखेको, खानलाउन नदिएको र नागरिकता नबनाइदिएको लगायतका समस्या देखाइएका छन् । ‘सुरुमा हामीलाई यथार्थ बताउँदैनन् । कारण पनि खोल्दैनन्,’ प्रदेश प्रहरी प्रवक्ता नवराज पोखरेलले भने, ‘घटना खोतल्दै जाँदा बल्ल यौन विचलनले ल्याएको समस्या थाहा हुन्छ ।’

 

यौन विचलनकै कारण समाजमा विवाहेत्तर सम्बन्धमा रहने जोडी बढ्न थालेका छन् । यस्तो सम्बन्धले घरका पत्नी दुर्व्यवहारमा परेका छन् । प्रदेशमा गत वर्ष यस्ता उजुरी तीन सयभन्दा बढी परेका छन् । पति भैरवले आफ्नै कार्यालयकी सहयोगीसँग विवाहेत्तर सम्बन्ध राखेपछि कपिलवस्तुकी बन्दना नेपाली न्यायका लागि धाइरहेकी छन् । गत वर्ष उनले जिल्ला प्रहरी कपिलवस्तुको महिला तथा बालबालिका सेलमा उजुरी दिइन् । प्रहरीले पतिलाई बोलाएर आइन्दा त्यसो नगर्ने भनेर मिलापत्र गरायो । तर, भैरवको बानी सुध्रेन । ‘धेरैजसो बाहिर बस्छन् । घर आए पोर्न साइट हेरेर त्यसैअनुसारको हिंसा गर्छन्,’ माइती घर बुटवलमा बसिरहेकी उनले भनिन्, ‘दिक्क भएर अहिले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी छु।’

 

सरोकारवालाका अनुसार महिला–पुरुष स्वतन्त्र बस्ने र रहने गर्दा यौन विचलन बढेको हो । यस्तो विचलन पुरुषमा मात्र होइन, महिलामा पनि देखिन थालेको छ । जसले वैवाहिक सम्बन्ध बिग्रिन थालेका छन् । माया नै हिंसामा परिणत हुँदै गएको छ । यसकै कारण सम्बन्धविच्छेद हुने क्रमसमेत बढेको छ । बुटवल कालिकानगरकी निशा थापा यही कारण अलपत्र परेकी छन् । दुई वर्षअघि वैवाहिक सम्बन्धमा गाँसिएकी निशाले पति सुवाससँग दुई साता पनि बिताउन पाइनन् । सुवास दक्षिण कोरिया गएपछि पनि निशामा विवाहले जगाएको यौन उत्तेजना हराएन । एक्लै भएपछि टोलाउने र बिरामी हुन थालिन् । चिकित्सकले असल साथी खोजेर मनको कुरा भन्न लगाए । ‘त्यही साथीले हाम्रो सम्बन्धका तस्बिर पतिलाई पठाएर पैसाको बार्गेनिङ गरेछ । परिवारले थाहा पाएर गरगहनासमेत खोसेर लगे,’ निशाले गुनासो पोखिन्, ‘म त घर न घाटकी भएँ ।’

 

सामाजिक मनोविज्ञानका जानकारहरू पश्चिमेली संस्कृतिको सिको, अश्लील तस्बिर एवं भिडियो र लागूपदार्थको सहज उपलब्धताका कारण मान्छे यौन विचलनतर्फ बढेको बताउँछन् । जसले हरेक समय यौन उत्तेजनामा हुने र त्यस्तो उत्तेजना घरपरिवारभित्र र बाहिर पोख्ने गरेका हुन् । यौनलाई पुरुषका हकमा बहादुरीका रूपमा सोच्ने र महिलालाई चरित्रहीनका रूपमा हेर्ने भएकाले पनि विकृत मानसिकता बढेको खबर आजको कान्तिपुुर दैनिकमा छापिएको छ । स्वतन्त्रता र मनोरञ्जनका नाममा मैले के गर्दा हिंसा हुन्छ भन्ने नजान्दा पनि यौन विचलन बढ्ने र सम्बन्ध चिसिने गरेको मनोविज्ञानका प्राध्यापक नारायणप्रसाद पन्थले बताए । ‘पतिपत्नीबीचको सम्बन्धमा उमेर, शिक्षा, चेतना र जीवनस्तरजस्ता कुरामा धेरै अन्तर भएमा यौन विचलन बढी पाइन्छ,’ उनले भने, ‘समान योग्यता र क्षमताका महिला र पुरुषबीचमा वैवाहिक सम्बन्ध गाँस्ने र नैतिकता अवलम्बन गर्ने हो भने यस्तो समस्या स्वतस् कम हुन्छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement