Advertisement
Advertisement
Advertisement
Advertisement

यौन शिक्षा प्रभावकारी नबन्दा किशोरकिशोरी अन्योलमा

  |      10:28:00   |  
web image
web image
भदौ २, काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा समावेश भए पनि नेपालमा व्यापक यौन शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा किशोरकिशोरी आवश्यक जानकारीबाट वञ्चित भइरहेका छन्। पर्याप्त तालिमप्राप्त शिक्षकको अभाव, सीमित पाठ्यसामग्री र माध्यमिक तहमा विषयलाई ऐच्छिक बनाइएकाले यौन शिक्षाको प्रभाव कमजोर बनेको छ।
नेपालमा कक्षा ८ सम्म यौन शिक्षासम्बन्धी विषय पाठ्यक्रममा समावेश गरिए पनि धेरै विद्यालयमा यसलाई केही अध्यायमा मात्र सीमित गरिएको छ। कक्षा ९ र १० मा पुग्दा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय अनिवार्य नभएकाले किशोरावस्थामा आवश्यक पर्ने धेरै जानकारी विद्यार्थीले प्राप्त गर्न सकेका छैनन्।
बझाङकी सीमा ९नाम परिवर्तन० ले कक्षा ७ मा अध्ययन गर्दै गर्दा विद्यालयमा प्रजनन स्वास्थ्यबारे जानकारी प्राप्त गरेपछि घरमा त्यसबारे प्रश्न गरेकी थिइन्। तर, उनको जिज्ञासाले परिवारमा विवाद निम्त्यायो। अर्कोतर्फ, काठमाडौंकी एक विद्यार्थीले शिक्षकको व्यक्तिगत पहलका कारण आवश्यक जानकारी प्राप्त गर्ने अवसर पाइन्। यी दुई फरक घटनाले यौन शिक्षाको पहुँच अझै पनि विद्यालय र शिक्षकमा निर्भर रहेको देखाउँछन्।
पाठ्यक्रम विकास केन्द्रका अनुसार कक्षा १ देखि ३ सम्म राम्रो र नराम्रो स्पर्श, व्यक्तिगत सरसफाइ तथा पारिवारिक विषय समावेश गरिएको छ। कक्षा ६ मा यौन तथा प्रजनन स्वास्थ्य र कक्षा ७ मा लैङ्गिक विविधतासम्बन्धी विषय समावेश गरिए पनि व्यवहारिक शिक्षामा भने कमी देखिएको छ।
विशेषज्ञहरूका अनुसार पाठ्यक्रममा विषय समावेश हुनु मात्र पर्याप्त छैन। कक्षाकोठामा खुला छलफल, व्यवहारिक शिक्षा र प्रशिक्षित शिक्षकको अभावका कारण विद्यार्थीले आवश्यक ज्ञान प्राप्त गर्न सकेका छैनन्। कतिपय विद्यालयमा गणित वा अंग्रेजी विषयका शिक्षकले यौन शिक्षा पढाउने गरेका छन्, जसले शिक्षाको गुणस्तरमा असर पारेको छ।
सर्लाहीस्थित एक विद्यालयकी शिक्षिकाले औपचारिक तालिम नपाए पनि यौन शिक्षा पढाइरहेको बताएकी छन्। उनका अनुसार विद्यार्थीहरू यस्ता विषयमा जिज्ञासु भए पनि प्रश्न सोध्न हिच्किचाउँछन्। विद्यालयमा पर्याप्त शैक्षिक सामग्री र शिक्षक तालिमको अभावले समस्या थप जटिल बनेको छ।
सुदूरपश्चिम र मधेशजस्ता क्षेत्रमा महिनावारीसँग जोडिएका अन्धविश्वास र सामाजिक मान्यताले यौन शिक्षालाई अझ चुनौतीपूर्ण बनाएको छ। अभिभावकले यौन शिक्षाले किशोरकिशोरीलाई गलत बाटोमा लैजान्छ भन्ने धारणा राख्ने गरेका छन्। तर, विज्ञहरूका अनुसार यौन शिक्षा केवल यौन सम्बन्धसँग मात्र सम्बन्धित नभई लैङ्गिक हिंसा न्यूनीकरण, सञ्चार सीप र जीवनोपयोगी शिक्षासँग पनि जोडिएको विषय हो।
अनुसन्धानले पनि शिक्षकको संकोचका कारण विद्यार्थीले आवश्यक जानकारी प्राप्त गर्न नसकेको देखाएको छ। मधेश र कर्णाली प्रदेशमा किशोरावस्थामा हुने गर्भधारणको दर अन्य प्रदेशको तुलनामा उच्च रहेको तथ्याङ्कले यौन शिक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको संकेत गरेको छ।
नेपालमा इन्टरनेटको पहुँच विस्तार भएसँगै धेरै विद्यार्थी जानकारीका लागि डिजिटल माध्यममा निर्भर हुन थालेका छन्। तर, सही र व्यवस्थित शिक्षा नहुँदा उनीहरू अपूर्ण वा गलत जानकारीको प्रभावमा पर्ने जोखिम बढेको छ।
विशेषज्ञहरूले कक्षा ९ र १० मा स्वास्थ्य तथा यौन शिक्षालाई पुनः अनिवार्य बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार किशोरकिशोरीको स्वास्थ्य, सुरक्षा र सचेतनाका लागि यौन शिक्षामा गरिएको लगानी भविष्यका लागि दीर्घकालीन र प्रभावकारी कदम हुनेछ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement