Advertisement
Advertisement
Advertisement
Advertisement

योगमायाको शालिक अनावरण

  |      23:11:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २४, बनियानी । नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने क्रान्तिकारी महिला नेत्री योगमाया न्यौपानेको शालिक आज झापाको कनकाई नगरपालिकामा अनावरण गरिएको छ । 

एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कनकाई–३ मा निर्मित योगमायाको अर्धकदको शालिक झापा क्षेत्र नं २ का सांसद पवित्रा खरेलले अनावरण गर्नुभएको हो । सांसद खरेलले ७७ वर्ष पहिले महिलामुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट महिलामुक्ति र समानताका लागि देशमा अवसर प्राप्त भएको बताउनुभयो । शालिक निर्माणमा कनकाई नगरपालिकाले रु १८ लाख, कनकाई सामुदायिक वनले रु ५१ हजार र स्थानीयवासी तुलाराज बस्नेतले रु ५० हजार सहयोग गरेको योगमाया शालिक निर्माण समितिका अध्यक्ष शर्मिला कुँवरले जानकारी दिनुभयो । अर्धकदको शालिक ११ फिट अग्लो छ । 


नेत्री योगमायाले राणा शासनताका महिला हकअधिकारका पक्षमा सङ्घर्ष गरेको कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले बताउनुभयो । आन्दोलनका क्रममा १९९८ सालमा योगमायाको नेतृत्वमा ६८ महिलाले अरुण नदीमा हाम फालेर जलसमाधि लिएको इतिहास रहेको उपप्रमुख प्रसाईंले बताउनुभयो । “योगमाया महिलाको पक्षमा जीवन आहूति गर्ने सशक्त महिला हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँको योगदानको सम्मान र सम्झनाका लागि शालिक निर्माण गरिएको हो ।” 


शालिक निर्माण गरिएको स्थानलाई ‘योगमाया चोक’ नामकरण गरिएको छ । कार्यक्रममा सांसद धर्मशीला चापागाईं, अम्बिका राजवंशी र सरिता प्रसाईंलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य हीरा थापा, पूर्वसांसद प्रेम गिरी, नगरप्रमुख राजेन्द्र पोखरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement