Advertisement
Advertisement
Advertisement
Advertisement

मौलिकताको खोजीमा लोकगायिका

  |      16:22:00   |  
वेब तस्विर
वेब तस्विर

–अच्युत रेग्मी 

नौ डाँडा काटेर पारि 
छोडी आयाँ लमजुङको घरबारी 
लमजुङ तुर्लुङकोट 
सररर हावा चल्यो लाँकुरीको बोट । 

साउन १,  काठमाडौं । असंख्य लोकगीत गाएर नेपाली लोक पारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्निन् । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पु¥यायो । 

उनको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देशविदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो । उनी मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिन्छिन् । उनले झण्डै दुई सय गीत आफैंँले रचना गरेकी छन् भने अरुका पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन् । 

विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस– ५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मेकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित भइन्। पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःखसुख हेर्दै हुर्कंदै गर्दा पाखापखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थालिन् । उनलाई अरुभन्दा लोकभाकाले लोभ्यायो । 

“लोकगीत भनेपछि हुरुक्कै हुन्थे, मैले आठ वर्षको उमेरमा मेलापात, घाँसदाउरा र गोठालो जाँदादेखि नै गाउन शुरु गरेको हुँ ”, उनी भन्छिन्। दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ – 

माझी दाइ पोखरा फेवातालको 
लाऊँ माया साँच्चैको, 
नलाऊँ भो ख्याल ख्यालैको । 

बुबा भारतीय सेनामा जागीरे भए पनि दुराले पढ्न भने पाइनन् । हजुरबुबा क्याप्टेन बखानसिंह र भिनाजु भीमबहादुर दुराको सहयोगमा काठमाडौं आएकी उनले स्वर राम्रो भएकै कारण हजारौंं गीतमा गाउने अवसर पाएकी थिइन्  । “मलाई हजुरबुबा र भिनाजुले काठमाडौँ ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँसदाउरा गरेर बस्ने थिए,”, उनी सम्झिन्छिन् । गाउँ र जिल्लास्तरमा धेरै गीत गाएकी दुराले वि.सं .२०४६ मा पहिलोचोटि ‘छोरीको जुनी’ बोलको गीत आफ्नै आवाजमा अभिलेख गरेकी थिइन् । 

झण्डै तीन दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसा मात्र होइन पुरस्कार तथा सम्मानसमेत दिलाएको छ । उनले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पुरस्कारसमेत प्राप्त गरेकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरी पाँच सयभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् । 

दुराका गीत नेपालको डाँडापाखा र तराईका फाँटमा मात्र गुञ्जिएका छैनन्, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, बहराइन, मलेसिया, युनाइटेड अरब इमिरेट्स, कतार, बेलायत, भारत, श्रीलङ्कालगायत देशमा पनि पुगेका छन् । उनले त्यहाँ नेपाली स्रोताबीच आफ्नो गायनकला जीवन्त रुपले प्रस्तुत गरेकी छन् । 

ग्रामीण जीवन, परम्परागत संस्कृति, जीवनका भोगाइ, प्रेम, मिलन विछोड र नारी वेदनाका भाव उनको गीतमा पाइन्छ । गायन क्षेत्रमा तीन दशक समय व्यतीत गरेकी दुरा पछिल्लो समय नेपाली लोकगीतमा मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्छिन्। “मैले हाम्रै पाखापखेरामा गुञ्जने स्वर र भाका टिपेर नेपालीले भोगेका दुःखसुखका गीत गाएको छु, हाम्रै परिवेशमा चलेका लय, भाव र सिर्जनालाई पछ्याएर लोकगीतको मौलिकपनलाई जीवन्त राख्ने कोशिस गरेको छु,”, उनी भन्छिन्, “लोकसंस्कृति, कला, भाषा र परम्परालाई बचाउन सके मात्र मुलुकको विकास हुने उनको भनाइ छ ।” 

लोकगीतका अतिरिक्त उनले ठाडो भाका, गुरुङ गीत, कौरा र भजनसमेत गाएकी छन् । उनी नयाँ पुस्तालाई नेपाली परम्परागत मौलिक लोकगीत संगीतको प्रवद्र्धन, संरक्षण र अनुसरण गर्न आग्रह गर्छिन् । उनी नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसंगीतको मर्मअनुसार प्रतिष्पर्धा गर्नसक्ने गरी लोकगीतको क्षेत्रमा लाग्न सुझाव पनि दिन्छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement