काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता विहान १० बजेबाट सुरु भएको हो । यसैबीच, काठमाडौंको मेयरमा विवेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभागृहमा विहान पौने ११ बजे साझा पार्टीका मेयरका उम्मेदवार थापाले मनोनयन गरेका हुन् भने विवेकशील पार्टीकी दर्शनाले करिव ११ बजे उम्मेदवारी मनोनयन गरिन् ।
मेयरमा उम्मेदवारी मनोनयन गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै विवेशील पार्टीकी मेयरका उम्मेदवार दर्शनाले आफ्नो उम्मेदवारीले नेपाली राजनीतिमा नयाँ आयाम थपिएको दावी गरिन् । उनले निर्वाचनमा जिताउनु सबै युवा पुस्ताले आफूलाई साथ दिने विश्वास पनि व्यक्त गरिन् । रातोपाटी