Advertisement
Advertisement
Advertisement
Advertisement

मृतक परिवारलाई रु एक लाख राहत

  |      11:40:00   |  
वेब तस्विर
वेब तस्विर

असार २९, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु. एक लाख राहत दिइने भएको छ । 

 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड छैटौं संशोधन २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो ।

 

 टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो । 

 

समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडा लगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकार भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

 

डुबान क्षेत्रमा रोगको प्रकोप फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा आवश्यक तयारी गर्ने र भविष्यमा आइपर्ने विपदमा छिटो उद्धार गर्न स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सम्मिलित  क्वीक रेस्पोन्स टिम गठन गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । 

 

बैठकले विपद् तथा मनुसन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकतानुसार सम्बन्धित निकायले पुनरवलोकन गर्ने तथा बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सम्बद्ध सरोकारवाला निकायको सहयोगमा सम्बन्धित स्थानीय तहले संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । 

 

प्रजिअ भट्टको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्यद्वय प्रेम सुवाल र महेश बस्नेत, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, नगर प्रमुख, राजनीतिक दल र सरोकार भएका निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता थियो । 

 

यसैबीच बाढी र डुबानमा फसेका १११ जनाको सकुशल उद्धार गरिएको र सोमध्ये घाइते भएका सल्लाघारी बस्ने १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जना नगर बस्ने ६५ वर्षीया सोमती लामा भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

 

बाढीका कारण हालसम्म २५ चौपाया र कुखुराका दुई हजार चल्ला बगाएको, ५० घर तथा टहरामा आंशिक क्षति पुगेको, करीब ५०० घर परिवार आंशिक विस्थापित हुनाका साथै अन्नबाली, लत्ताकपडालगायत जिन्सी सामान क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए। उनका अनुसार क्षतिको यकिन विवरण संकलन जारी रहेको छ । 

 

बाढी तथा डुबान क्षेत्रको उद्धारका लागि नेपाल प्रहरीका ७८८ जवानसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी भक्तपुर र विभिन्न उपशाखाको टोली परिचालन भएको प्रहरीले जनाएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement