जेठ १६, सिञ्जा । सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गर्नुभएको थियो ।
अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सहज तरिकाले प्रसूति सेवा दिनका लागि सेन्टर भवन स्थापना गरिएको र यसमा प्रायः सबै सुविधा उपलब्ध गराइएको बताउनुभयो । वडाध्यक्ष बुढाले रू २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निर्माण गरिएको जानकारी दिनुभयो ।