नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् ।
काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
काठमाडौँको सुन्दरीजलमा नेपाली सेनामा कार्यरत भट्टराई विवाह भएको तीन महिनापछि नै श्रीमानसँग भिन्न भएर बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक राईले शनिबार बिहानैदेखि उनी हराएको र बेलुका ५ बजे उनको शव फेला परेको उल्लेख गर्दै घटनाको अनुसन्धान भएपछि वास्तविकता खुल्ने बताए । उनी बिहीबार मामाघर आएकी थिइन् । रासस