Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचविखन अन्त्य गर्न एकजुट भएर लागौं: सभामुख ओनसरी घर्ती

  |      23:17:00   |  
सभामुख ओनसरी घर्तीमगर
सभामुख ओनसरी घर्तीमगर

भदौ २०, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले मानव बेचबिखन तथा ओसारपसार अन्त्य गर्न सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

 

‘अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै राष्ट्रिय दिवसलाई मंगलबार राजधानीमा सम्बोधन गदै सभामुख घर्तीले भन्नुभयो ‘मानव बेचबिखनका तथा ओसारपसार बिरुद्घ सबै एकजुट भएर लागेमा सकारात्मक परिवर्तन अवश्य नै आउने छ । त्यसैले यसको अन्त्यका लागि एकजुट भएर लागौं ।’

 

सभामुख घर्तीले मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध भएकाले यसको अन्त्यका लागि सबै सचेत र हातेमालो गरी अगाडी बढ्न अपिल गर्नुभयो । ‘यो गम्भिर अपराध हो, यसको अन्त्यका लागि सचेत बनौं र हातेमालो गरेर अगाडी बढौं । यो सम्भव छ ।’ सभामुख घर्तीले भन्नुभयो ।

 

२१ औं शताब्दीमा पनि मानव बेचबिखन तथा ओसापसार सम्बन्धी बनेको कानुन कार्यान्वयन नहुँदा बेचबिखन भैरहेको उहाँले बताउनुभयो । यो नेपालीहरुका लागि लज्जास्पद कुरा भएको भन्दै उहाँले मानव वेचविखन रोक्न राज्यका सबै निकायले कानुन कार्यान्वयन गर्न आहवान समेत गर्नुभयो ।

 

उहाँले सुचना प्रविधिको विकाससँगै मानव बेचबिखनको स्वरुप फेरिदै गएको यसलाई रोक्न चुनौती पनि रहेको बताउनुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले विगतमा प्रत्येक्ष रुपमा महिलाहरु बेचबिखनको शिकार हुने गरेकोमा अहिले स्वरुपमा परिवर्तन आएको बताउनुभयो ।

 

मन्त्री कोइरालाले चेतनाको अभाव, गरिबी, असमानता, विभेद, बेरोजगारी जस्ता कारणले मानव बेचबिखन तथा ओसारपसार हुने गरेको र यि सवै समस्या हल गर्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै सबैलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।

 

दिवसको अवसरमा मंगलवार बिहान राष्ट्रिय सभा गृहबाट प्रभातफेरि गरेर प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर विशेष कार्यक्रम गरिएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement