Advertisement
Advertisement
Advertisement
Advertisement

मानव तस्करीमा नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

वेब तस्विर
वेब तस्विर

पुस  १३, काठमाडौं।  नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ। रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएको माइती नेपालका पदाधिकारीले बताएका छन्। रसुवाका स्थानीय बासिन्दाले स्थायी बसोबासको प्रमाण देखाएर केरुङ जान पाउँछन्। तर अन्य जिल्लाका किशोरीहरूलाई नक्कली ‍प्रमाण बनाएर तिब्बततर्फ लग्ने गरिएको बताइएको छ। केही समयदेखि रसुवागढी नाका चीन र नेपालबीच आवतजावत र सामान आयात(निर्यातका लागि एकमात्र नाकाका रूपमा सञ्चालनमा छ।

 

‘केन्यामा २१ नेपाली महिलाको उद्धार’
देह व्यापारमा लगाउन छिटो बढ्ने औषधि
सीमा कटाउने गर्ने तरिका कस्तो ?

अन्य जिल्लाका नेपालीलाई रसुवागढी नाका हुँदै चीन जान प्रवेशाज्ञा नै चाहिन्छ। तर रसुवाका बासिन्दाहरूले चीनको केरुङसम्म जाने विशेष सुविधा पाएका छन्। त्यसको फाइदा उठाउँदै नेपाली किशोरीहरूलाई राम्रो आय हुने कामको प्रलोभनमा पारेर केरुङ लैजाने क्रम बढ्दै गएको अधिकारीहरू बताउँछन्। केही गिरोहलाई समातेर हामीले मानव बेचबिखनको मुद्दा पनि चलाएका छौँ। शोषण हुन सक्ने देखेर हामीले केही किशोरीहरूलाई फर्कायौँ र केहीलाई रोक्यौँ । 
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, केही गिरोहलाई समातेर हामीले मानव बेचबिखनको मुद्दा पनि चलाएका छौँ। शोषण हुन सक्ने देखेर हामीले केही किशोरीलाई फर्कायौँ र केहीलाई रोक्यौँ। बीस वर्ष नपुगेका युवतीलाई रसुवागढी नाकामै रोक्ने, जानेहरूको कागजपत्र अध्ययन गर्ने, परिवारसँग कुरा गर्ने र जोखिममा पर्नसक्ने देखिए उनीहरूलाई फर्काउने गरिएको छ।


पछिल्लो पाँच महिनामा एक सय जनाभन्दा बढी किशोरीलाई फर्काइएको छ। अझै पनि केरुङमा विभिन्न डान्सबार र रेस्टुराँमा पाँच सय नेपाली किशोरी रहेको अनुमान मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले जनाएको छ। त्यो संस्थाका अच्युतकुमार नेपालले भने, त्यहाँ काम लगाइदिन्छु भनेर लैजाने अनि बन्धक‍जस्तो बनाएर श्रम शोषण र यौन शोषण गर्ने गराएको पाइयो। भारतमा जस्तो चीनमा वस्तुगत अनुगमन गरेर प्रतिवेदन बनाउन गाह्रो छ। नेपाल र चीन बीचको अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको केरुङ बजार विस्तारका क्रममा रहेको र तातोपानी नाका पनि खोल्ने तयारी भइरहेकाले चीन जाने नाकामा अझै कडाइ र सीमाका जिल्लामा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उपनिर्देशक नेपालको भनाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement