Advertisement
Advertisement
Advertisement
Advertisement

मातृशिशु मृत्युदर कम गर्ने परियोजना शुरु

  |      23:38:00   |  
symbolic photo
symbolic photo

फागुन २७, लमही । दाङको विकट मानिने गढवा गाउँपालिकामा मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले जापान सरकारको लगानीमा स्वास्थ्य परियोजना शुरु भएको छ । 


जापान र नेपाल सरकारबीच सम्झौता भई ‘आम्दा माइन्स’ र ‘आम्दा नेपाल’को सहकार्यमा यहाँ मातृशिशुसम्बन्धी कार्यक्रम शुरु भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । “गढवा दाङको विकट क्षेत्र भएकाले गढवामा मातृशिशु मृत्युदर कम गर्न उक्त कार्यक्रम शुरु भएको परियोजनाका कार्यक्रम संयोजक रघुनाथ अधिकारीले जानकारी दिनुभयो । 


“दाङको गढवामा मातृशिशु मृत्युदर बढ्दो छ”, उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न गढवाका सबै वडामा यो कार्यक्रम पुग्नेछ ।” उक्त कार्यक्रम तीन वर्षसम्म चल्ने परियोजनाका देशीय निर्देशक तथा जापानी नागरिक माइक्रोबायासीले जानकारी दिनुभयो । अहिले गढवामा ‘आम्दा’ नेपालको कार्यालय खोल्ने काम पनि भइरहेको उहाँको भनाइ छ । 


यो कार्यक्रम शुरु भएको तीन वर्षभित्र गढवामा मातृशिशु मुत्युदर शून्यमा झार्ने लक्ष्य रहेको समेत संयोजक अधिकारीको भनाइ छ । “हाम्रो तीन वर्षको कार्यक्रम चल्नेछ”, उहाँले भन्नुभयो, “तीन वर्षभित्र यहाँको मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने हाम्रो लक्ष्य छ ।” 


“हाम्रो विकट गाउँपालिका जहाँ चेतनाको अभावले गर्दा मातृशिशु मृत्युदरलाई न्यूनीकरण गर्न सकिएको छैन”, गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “यो कार्यक्रमले चेतना फैलाउने काम गर्ने र यहाँको स्वास्थ्यमा सुधार गर्ने योजना हुनु यहाँका लागि सुखद पक्ष हो ।” अझै पनि घरमै सुत्केरी हुने तथा गर्भवती अवस्थामा स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्थामा नजाने, बालबच्चाको स्याहारमा ध्यान नदिने प्रवृत्ति जारी रहेकाले यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष यादवको भनाइ छ । 


“यसअघि हामीले सुत्केरीलाई प्रोत्साहनस्वरुप जनही रु चार हजार सुत्केरी भत्ता उपलब्ध गराउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “घरमा सुत्केरी हुने परम्परालाई शून्यतामा ल्याउनका लागि यसले थोरै मात्रामा भए पनि टेवा पुगेको थियो ।” यसअघि गाउँपालिकासँग आठ स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र गाउँघर क्लिनिक स्थापनका लागिसमेत सम्झौता भएको परियोजना संयोजक अधिकारीले बताउनुभयो । सम्झौतानुसार काम अगाडि बढाइएको उहाँको भनाइ छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement