Advertisement
Advertisement
Advertisement
Advertisement

माझीले पाएनन् दशैँमा घर

  |      12:08:00   |  
माझीले पाएनन् दशैँमा घर

असोज ७, बागलुङ। अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ । 

 

जसरी पनि दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गरिने सार्वजनिक प्रतिबद्धता पूरा गर्न बागलुङ नगरपालिका असफल देखिएको छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएको माझी समुदाय अहिले नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएको छ । 

 

माझी बस्ती व्यवस्थापनको जिम्मा लिएको नगरपालिका सम्झौता अवधिलाई देखाएर बस्ती निर्माणमा ढिलाइ गरिरहेको छ । गत पुसमा ठेकेदार कम्पनीसँग सम्झौता गर्ने क्रममा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज अधिकारीले दशैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्ने वार्ता गरेका थिए । नगरपालिका–१ खनियाबासमा १४ माझी परिवारका लागि निर्माण कम्पनी ‘मुक्तिनाथ/विएन/त्रिशक्ति, जेभी’ ले घर निर्माण गरिरहेको छ । 

 

नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले ७० प्रतिशत काम पूरा भएको र आगामी मंसिरभित्र माझी बस्ती व्यवस्थापन भइसक्ने बताए । ँसम्झौता अवधि पुससम्म छ, दशैँमा सक्ने भन्ने थियो, सकिएन” इ गिरीले भने "मंसिर, पुससम्ममा घर बुझाउँछौँ ।” घर निर्माणको काम अन्तिम चरणमा पुगेको र ‘फिनिसिङ’९अन्तिम काम० मात्र रहेको उनको भनाइ छ । लामो समयसम्म नगरपालिकाले माझी बस्ती व्यस्थापन गर्न नसकेपछि समुदायको सहभागितामा काम अघि बढेको थियो । 

 

प्रक्रियागत ढिलासुस्तीले बस्ती निर्माणमा ढिलाइ भइरहेको माझी बस्ती व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए । उनले दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गर्ने योजना सार्थक हुन नसकेकामा दुःख व्यक्त गरे । ँएक करोडमाथिको योजना भएकाले टेण्डरलगायत प्रक्रियामा जानुपर्‍र्यो, निर्माण कम्पनीले समयमै काम गर्दैन”, उनले भने । वर्षौंदेखिको अपूरो योजना पूरा गर्न नगरपालिका कार्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ छ । 

 

उनका अनुसार सम्पूर्ण काम पूरा हुन अझै चार/छ महिना लाग्ने देखिन्छ । स्थानीयवासी प्रशान्त माझीले छानो छाउनेलगायत काम बाँकी रहेको बताए । ँयो दशैँ नयाँ घरमा मान्ने योजना थियो तर अधुरै रह्यो” माझीले भने ँबस्ती छिटो निर्माण हुनुपर्‍र्यो भन्ने हाम्रो माग हो ।” नगरपालिकाले नमूना र प्राथमिकता प्राप्त योजनामा परेको माझी बस्ती व्यवस्थानमा ढिलाइ गर्न नहुने नागरिकस्तरबाट पनि आवाज उठेको छ । 

 

करिब ८२ लाखको लागतमा बन्ने घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement