काठमाडौं। सभामुख ओनसरी घर्तीले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् ।
सभामुख घर्तीले स्थानीय तहको निर्वाचनसँगै शासन सत्ता जनताको घरदैलोमा पुगेको पनि स्पष्ट पारिन् । उनले स्थानीय तहको निर्वाचनलाई सफल बनाउन समक्ष भएका राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचनलाई सम्पन्न गर्न पनि समक्ष हुने बताइन् ।
शनिबार काठमाडौंमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सव उदघाटन गर्दै सभामुख घर्तीले अव जनताले परिकल्पना गरे अनुसारको नयाँ नेपाल, समृद्ध नेपाल बनाउने आधार तयार भएको पनि उल्लेख गरिन् ।
सभामुख घर्तीले स्थानीय तह निर्वाचनले जनतालाई सुःखद अनुभूति दिने विश्वास पनि व्यक्त गरिन् । उनले मुलुकलाई समृद्ध बनाउन पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने पनि बताइन् ।