साउन ३, महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।
हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीसँग उनको ठूलो झगडा परेको तथा सासू र नन्दले रीतालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।
तर स्थानीयले रीता कसरी घरमा झुण्डिइन् वा झुण्डयाइएको हो र उनको मृत्यु कुटपिटबाट भएको वा अन्य कुनै कारणबाट भएको भन्नेबारे जानकारी नरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
यता प्रहरीले रीताको मृत्यु कुटपिटबाट भएको हुनसक्ने आशंका गर्दै अनुसन्धानका लागि मृतक रीताकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीलाई बुधबार साँझ नै पक्राउ गरी ल्याएको छ भने घटनाबारे विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...