Advertisement
Advertisement
Advertisement
Advertisement

महिला उत्थानका लागि समान अवसर जरुरी छ : प्रधानमन्त्री

  |      16:52:00   |  
वेब तस्विर
वेब तस्विर
जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो ।
 
प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका लागि समान अवसर जरुरी छ ।” उहाँले कार्यकारी तहमा महिलालाई पु¥याउन राज्यको नीति रहेको हुँदा अब महिलाले अवसर पाउने बताउनुभयो । 
 
 
स्थानीय तहमा महिला उपाध्यक्ष धेरै रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब माथिकै तरिकाले राष्ट्रपति महिला र उपराष्ट्रपति पुरुष जसरी सच्याउँदै ल्याउनुपर्छ ।” सङ्घमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुलाई पनि उपलब्धिका रुपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
 
उहाँले सरकारमा महिलाको उपस्थिति कमजोर भए पनि संसद् र संसदीय सभापतिमा महिलाको सहभागिता राम्रो रहेको स्मरण गर्नुभयो ।
 
अहिले देशमा महिला साहित्य, चेतना, राजनीतिक परिवर्तनमा समेत अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनका निमित्त योगमायाले गरेको योगदान भुल्न नहुने उल्लेख गर्नुभयो । 
 
महिलाको अधिकारको प्रस्ताव पारित भएको दिनको सम्झनामा सरकारले यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन शुरु गरेको हो । ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ यो दिवस यस वर्षदेखि मनाउन शुरु गरिएको हो । 
 
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाले प्राप्त गरेको अधिकारको खुशीका उपलक्ष्यमा प्रत्येक वर्ष जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउने सरकारकाृ निर्णयअनुसार यो दिवस मनाएको जानकारी दिनुभयो ।
 
 
आमा वा बाबुमध्ये कसैका नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने कुराको सुनिश्चित गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको सुनिश्चित गर्न, विभेदकारी कानूनको खारेजी गर्न र महिलाप्रति हुने गरेको हिंसाको अन्त्य गर्ने चार उपलब्धिको खुशीका रुपमा सरकारले प्रत्येक वर्ष सो दिवस मनाएको हो ।
 
 
यी चार विषयका प्रस्ताव विसं २०६३ जेठ १६ गते पारित गर्नका लागि तत्कालीन सांसद वर्तमान राष्ट्रपति विद्यादेवी भण्डरीले संसद्मा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावको समर्थक सांसद कमला पन्त, नवराज सुवेदी र एनपी साउद रहनुभएको थियो । सो दिन संसद्ले उक्त प्रस्ताव पारित गरेको थियो । 
 
 
तत्कालीन सभामुख सुवास नेम्वाङले भन्नुभयो, “महिला अधिकारका लागि संसद्मा प्रस्तुत भएको सो प्रस्ताव पारित भएर ताली बज्दा गर्वले मेरो छाती फुलेको थियो ।” ती उपलब्धिलाई संस्थागत गर्न वर्तमान सरकारले आगामी आवको बजेटमा समेत व्यवस्था गरेको छ । समाजमा बोक्सीको आरोपमा निर्दोषलाई कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजो जस्ता दुव्र्यवहार न्यूनीकरणका लागि लैङ्गिक हिंसाविरुद्धको अभियानले सहयोग पुग्ने विश्वास गरिएको छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement