Advertisement
Advertisement
Advertisement
Advertisement

महिला कामदारका लागि इजरायल खुल्यो

  |      14:02:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

काठमाडौं। थोरै संख्यामा भए पनि इजरायल सरकारले लामो समयपछि केयरगिभरका रूपमा कामदारको माग गरेको छ । नेपाल तथा इजरायल सरकारबीच भएको पछिल्लो सम्झौताअनुसार हाललाई ६० जना केयर गिभरको माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । दुई देशबीच भएको सम्झौताअनुसार ती कामदारले त्यहाँ ५१ महिना काम गर्न पाउनेछन् । केयर गिभरका लागि ८० प्रतिशत महिला तथा २० प्रतिशत पुरुष माग गरिएको छ । 

 

केयर गिभरका रूपमा इजरायल गएकाहरूको प्रमुख जिम्मेवारी वृद्ध, अपाङ्ग तथा असक्तहरूको स्याहार–सम्भार एवं रेखदेख गर्नु हो । मिजासिला र भरपर्दा भएको हुँदा केयरगिभरका लागि नेपाली कामदार इजरायलीहरूको रोजाइमा पर्ने गरेका छन् । महिलाहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने त्यहाँ काम गरेर फर्किएकाहरू बताउँछन्, तर अबैध बाटोबाट गएका कमदारको हकमा भने राम्रो हुन्छ भन्ने छैन ।

 

सरकारसँग सम्झौता भएअनुसार गएकाहरूको जिम्मा त्यहाँको सरकारले लिने हुँदा आम्दानी राम्रो हुने ग्यारेन्टी हुन्छ । अहिले पठाइने कामदारलाई सीधै वैदेशिक रोजगार विभाग तथा इजरायल सरकारले छनोट गर्ने हुँदा दलालको कुनै भूमिका हुँदैन । इजरायल जान चाहने महिला तथा पुरुष स्वयं विभागमा उपस्थित भएर आवेदन दिनुपर्ने विभागकी सूचना अधिकारी रमा भट्टराई बताउँछिन् । कुनै पनि दलालको प्रलोभनमा पर्नबाट सचेत रहन पनि उनी सुझाव दिन्छिन् । ‘अहिले कामदार पठाउने सम्झौता इजरायल सरकार र नेपाल सरकारबीच सीधा भएको हो,’ भट्टराई भन्छिन्— ‘दलालले म मिलाइदिन्छु भन्दै फकाए भने पनि त्यसमा विश्वास नगर्नुहोला, त्यस्ता मानिस फेला परे प्रहरी प्रशासनलाई जिम्मा लगाइदिए हुन्छ ।’

 

कसरी भर्ने फारम ?
विभागले हाल खुलाएको कोटाका लागि आगामी चैत ९ गतेदेखि आवेदन लिइनेछ । इच्छुक व्यक्तिले स्वयं वैदेशिक रोजगार विभागको कार्यालयमा उपस्थित भएर फारम बुझाउनुपर्नेछ । आवेदन फारम विभागको वेबसाइड धधध।मयाभ।नयख।लउ बाट निकाल्न सकिन्छ । इच्छुक उम्मेदवारले छनौट प्रक्रियाका लागि आवश्यक स्वास्थ्य परीक्षण, बिमा शुल्क, कल्याणकारी कोष, प्रहरी प्रतिवेदन तथा हवाई टिकटसम्बन्धी खर्च आफंैले बेहोर्नुपर्नेछ ।
 

कस्ता व्यक्ति जान पाउँदैनन्

  • इजरायलमा काम गरेर फर्किएका ।
  • पति–पत्नी बुबा, आमा तथा बालबालिका इजरायलमै  भएका ।
  • शारीरिक तथा मानसिक रूपमा अस्वस्थ, क्षयरोग, हेपाटाइटिस सिफलिस, एड्सजस्ता रोग नलागेको ।

 

योग्यता

  • २५ वर्ष पूरा भै ४५ वर्ष ननाघेको 
  • कम्तीमा एसएलसी उत्तीर्ण 
  • इन्टरमिडिएट तहको अंग्रेजी भाषाको ज्ञान–सीप हुनुपर्ने 
  • उचाइ कम्तीमा ५ फिट र तौल ४५ किलोग्राम
  • रोजगार प्रवद्र्धन बोर्डबाट वा मान्यताप्राप्त तथा वैदेशिक रोजगार विभागमा सूचीकृत संस्थाबाट कम्तीमा तीन महिनाको केयरगिभर तालिम वा मान्यताप्राप्त निकायबाट प्राक्टिकल नर्सिङ सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement