Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ : सुजाता कोइराला

  |      20:26:00   |  
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीमा ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । साथै उनले पार्टी सभापति नेतृत्वको सरकारमा महिलालाई उपप्रधानमन्त्री र पार्टीमा उपसभापति बनाउनु पर्ने बताइन् । 


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले भनिन्, ‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको पालामा ६० र ४० को भागबण्डा हुँदा पार्टीलाई राम्रो नगरेको भस्मरण गर्दै उनले भनिन्, ‘अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो । गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भयो नि ?’

पार्टीभित्र अहिले पनि राम्रा मान्छेहरु पाखा लगाइएको गुनासो गरिन् । पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य र सक्षम नेताहरुलाई स्थान दिनुपर्ने भन्दै उनले भनिन्, ‘एक व्यक्ति र कुनै एक समूहलाई मात्रै चित्त बुझाउने गरी काम गर्नुहुँदैन ।’

कांग्रेस नेतृ कोइरालाले संविधानअनुसार महिलालाई हरेक निकायमा सम्मानजनक उपस्थिति गराउनुपर्ने बताइन् । उनले थपिन्, ‘संसदमा पनि महिलालाई ३३ प्रतिशत अनिवार्य उपस्थिति गराउनुपर्छ, पार्टीमा पनि दिनुपर्छ, महिला उपप्रधानमन्त्री किन नहुने ?’

कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने उनको चेतावनी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement