मंसिर ५, काठमाडौं ।आज सुनको भाउ प्रतितोला ५०० रुपैँयाले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपयाँमा कारोवार भइरहेको छ ।