भाद्र ३१ काठमाडौं । सेवा प्राप्ति र पहिचानका लागि देखाइने परिचय पत्र अब रक्सी पिउनेहरूले पनि बोक्ने भएका छन्। नेपालमै सम्भवत पहिलो पटक बाजुराको गौमुल गाउँपालिकाले यस्तो अभ्यास भदौ १ गतेदेखि प्रचलनमा ल्याएको छ।
गौमुल गाउँपालिकाले प्रचलनमा ल्याएको मदिरा सेवन परिचय पत्रबाट मदिरा सेवनले समाजमा व्याप्त समस्या निराकरणमा सघाउ पुग्ने स्थानीय अधिकारीले अपेक्षा गरेका छन्। विकट जिल्ला बाजुराको दश हजार जनसंख्या रहेको गौमुल गाउँपालिकाका ६ वटा वडाहरूमा करीव दुई सयवटा रक्सी पसलहरू छन्। ती पसलमा जथाभावी रक्सी पिएर गाउँ समाज नै अशान्त बनेपछि यस्तो अभ्यास थालिएको बताइएको छ।
जरिवाना
गाउँपालिकाका १० वटा पसललाई मात्र मदिरा बिक्री वितरण गर्ने अनुमति दिइएको छ। एक पटकमा एक सय ८० मिलिलिटर मात्र प्रयोग गर्न पाइने, नियमविपरित मदिरा सेवन तथा बिक्री वितरण गरेको भेटिए दुई हजारदेखि चार हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।
गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनालले भने, हरेक दिन मदिरा सेवन गरी महिलामाथि हिंसा भएका घटनाको खबर आउने क्रम बढेपछि मदिरा सेवन परिचय पत्र प्रचलनमा ल्याउनु परेको हो।
खुशीयाली
मदिरा सेवनले परिवार मात्र नभई सिंगो समाज बिग्रने चिन्तासँगै ग्रामीण भेगमा अझ जटिल समस्याको रूपमा रहेको मदिरा सेवनलाई फरक ढंगले समाधान गर्न खोजिएको महिला अधिकारकर्मीहरूले बताएका छन्। महिला अधिकार मञ्चकी सदस्य गिता रोकायाले भनिन्, यो एक महिनाको अवधिमा आपसी विवाद र झगडा पनि भएको छैन।
महिला अधिकारकर्मी कल्पना थापाले मदिरा सेवन परिचयपत्रको प्रयोगले गाउँ नै शान्त भएको बताइन्। अधिकारकर्मी लक्ष्मी बिक भन्छिन्, मदिरा नियन्त्रणको यो प्रयासलाई हामीले स्वागत गर्न खुशियाली जुलुस समेत निकाल्यौँ।
गौमुल गाउँपालिकाले मदिरा सेवन परिचय पत्र देखाएर मदिरा पसल अर्थात् रक्सी भट्टीमा राखिएको रजिष्टरमा तोकिएको मात्रा र दस्तखत गरेर मात्र रक्सी पिउनुपर्ने भएपछि खुलेर आउनेहरूले मात्र रक्सी पिउने गरेका छन्। यसरी पटक पटक रक्सी भट्टीमा परिचय पत्र देखाएर रक्सी लिनु पर्ने कुराले मदिरा सेवकलाई निरुत्साहित गर्ने र मदिरा सेवनका कारण व्याप्त समस्या कम हुँदै जाने पनि धेरैले विश्वास गरेका छन्।
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको...
असोज २८, काठमाडौं । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु...
असोज २८, काठमाडौं । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा...
असोज २८, काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक...
असोज २८, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना...
असोज २६,काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ...
असोज २६, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा...
असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्।...
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण...