Advertisement
Advertisement
Advertisement
Advertisement

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

  |      17:11:00   |  
वेब तस्विर
वेब तस्विर

►ध्रुवसागर शर्मा 
जेठ १६, काठमाडौं । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ ।

किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।

सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरु बताउँछन् । गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन । उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन । यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ । 

तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा पु¥याउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताउनुभयो ।

कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन शुरु गरिएको हो । सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ । विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो । कार्कीका अनुसार हाल नेपालमा वार्षिक रु ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ । नेपालमा पङ्जिकृत विषादीको सङ्ख्या ९व्यापारिक नाम० २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पङ्जिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालीम प्राप्त बिक्रेता रहेका छन् । सरकारी तथ्याङ्क अनुसार अनुमतिपत्र लिएका संष्लेषणकर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ ।

कृषि वैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन् । क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी  रोग, एजर्ली, दम, अन्धोपन लगायतका समस्याहरु बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रम्ुख रहेको छ ।

नेपालमा वर्षेनी रु ३६ करोड ६० मूल्य बराबरको १ लाख ६९ हजार किलोग्राम कीटनाशक विषादी, रु २५ करोड ७० लाख मूल्य बराबरका ३ लाख ४८ हजार किलोग्राम रोगनाशक विषादी, रु ९ करोड ८४ लाख मूल्य बराबरका १ लाख ६ हजार किलोग्राम झारपात नाशक विषादी र रु २ करोड ३६ लाख मूल्य बराबरका १३ हजार २०९ किलोग्राम अन्य विषादी गरी कुल रु ७४ करोड ७८ लाख मूल्य बराबरका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको नार्कका अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक कार्कीले जानकारी दिनुभयो । 

यसैगरी, बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताउनुभयो । बानियाँले भन्नुभयो – “यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकिरहेको छ र हामी तरकारीसँगै विष पनि खाइरहेका छौं ।”

विषादीरहित अग्र्यानिक तरकारी खेतीका लागि कृषकहरुलाई जागरुक बनाउनुपर्ने आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो । “किसानहरुलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ,” संयोजक कँडंलले भन्नुभयो – “कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हामीले विषादीरहित तरकारी उत्पादनका लागि आधुनिक तरीका र प्रविधिका बारेमा सिकाइरहेका छौं ।”

विषादीयुक्त तरकारी  खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन् । मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताउनुभयो । चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन/चार पटक राम्ररी पखालेर पकाउनुपर्छ । “पर्याप्त जानकारी हुँदाहँुदै पनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

सरकारको विषादी प्रयोग गर्नेलाई कडा कार्वाहीको कानूनी व्यवस्था नगर्दासम्म यस्तो समस्या रहिरहने उपभोक्ताहरुले बताएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement