Advertisement
Advertisement
Advertisement
Advertisement

भत्काइयो पन्ध्र छाउगोठ

  |      10:42:00   |  
web image
web image

पुस २०, कालीकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।

बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ स्थानीय तहका जनप्रतिनिधि, भद्रभलाद्मी, स्थानीयवासीलगायतको उपस्थिति र सक्रियतामा भत्काइएको जनाउँदै महिलामाथि हुने विभिन्न किसिमका दुव्र्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दैै छाउगोठ भत्काएको बताउनुभयो ।
 
बिहीबारदेखि शुरु गरिएको अभियानमा १५ छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आएका महिला धेरै हर्षित भएका छन् । नरहरिनाथ गाउँपालिका–३ का चन्द्रा सुनारले भन्नुभयो, “पहिला छाउगोठमा बस्दा धेरै रोगहरुले सङ्क्रमण गरे, आफ्नो स्वास्थ्य कमजोर हुँदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछि हामीलाई  छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्किनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो ।” 

यस्तै नरहरिनाथ गाउँपालिकाका धुवा बुढाले छाउ हुनुभन्दा पहिल्यै छाउगोठ कुरेर बस्ने दिन गए, अब सरसफाइ गरेर घरमै बस्ने हो, पोषिला खानेकुरा खाने बताउँदै छाउगोठ भत्किँदा हर्षित भएको जनाउनुभयो । नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने तीन हजार ९१० घरधुरी नै छाउगोठमुक्त भइसकेका छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “सिङ्गो गाउँपालिकाभित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिला रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्नेजस्ता कार्यक्रम पालिकाले निरन्तर ल्याइरहने बताउनुभएको छ । अध्यक्ष विष्टले १५ मात्र छाउगोठ होइनन्, यस पालिकाभित्र लुकेर रहेका अन्य छाउगोठ खोजी खोजी नष्ट गर्ने जनाउनुभएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement