Advertisement
Advertisement
Advertisement
Advertisement

बौद्धिक अपाङ्गता भएका बालबालिका मिस नेवासँग रमाए

  |      13:18:00   |  
बौद्धिक अपाङ्गता भएका बालबालिका मिस नेवासँग रमाए

काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन्।

नेपालमा पनि बिशेष (बौद्धिक अपाङ्गता भएका) बालबालिकहरु रहेको र उनीहरुले पनि कला, साहित्य, सागीत, खेलकुद जस्ता क्षेत्रमा विभिन्न काम गर्न सक्छन भनेर उनीहरुलाई प्रोत्साहित गर्न स्पेशल ओलम्कि नेपालको गठन भएको छ । सोही स्पेशल ओलम्पिक नेपालले शनिबार राजधानीमा आयोजना गरेको पहिलो गाला इभेन्टमा बौद्धिक अपाङ्गता भएका बालबालिकहरुले रम्ने अवसर पाए ।

मिस नेवा इशु श्रेष्ठले मिस नेवाकै सोसियल एम्बेस्डर कृजना डागोल र किड क्विन नेपाल–२०१७ की सोसियल एम्बेस्डर सजना खड्कासँग मिलेर बौद्धिक अपाङ्गता भएका बालबालिकालाई स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गरे । स्पेशल ओलम्पिक नेपालका सल्लाहकार पूर्व मन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले प्रमुख अतिथिका रुपमा सो स्टेशनरी र खेलकुदका सामग्रीहरु बौद्धिक अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेका हुन् ।

यस्ता बालबालिकालाई प्रोत्साहित गर्न स्पेशल ओलम्पिक नेपाल गठन गर्नु सराहनीय कार्य भएको पूर्व मन्त्री सिंहले बताए । सरकारले पनि यस्ता बालबालिकाको बारेमा केही गर्नु पर्ने उनको भनाई छ । मिस नेवा लगायतबाट उनीहरुका लागि प्रदान गरिएको स्टेशनरी सामग्रीको पूर्व मन्त्री सिंहले खुलेर प्रसंसा गरे ।

मिस नेवा इशु श्रेष्ठले विधार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गर्ने क्रममा यस पटक बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुलाई यी सामग्री प्रदान गरिएको बताईन् । सामग्री हस्तान्तरण पछि बौद्धिक अपाङ्गता भएका विधार्थीहरुले मिस नेवा इशु लगायत गायक निर्णय श्रेष्ठ तथा अन्य सेलिव्रेटीसँग रम्ने अवसर पाए । उनीहरुले चित्रकला तथा अन्य कला सृजना गरे ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement