Advertisement
Advertisement
Advertisement
Advertisement

बुहारीलाई जिम्मेवार बनाउँदै गाउँपालिका

  |      10:37:00   |  
symbolic image
symbolic image

पुस २०, बलेवा । जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेवार बुहारी र सम्मानित ज्येष्ठ नागरिक बानाउने भन्दै असल बुहारी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचै वडामा पुगेर बुहारी तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको हो ।

सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक सङ्घसंस्थामा आवद्धता, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घरपरिवार, शैक्षिक योग्यता, अतिथि सत्कार, बालबालिकाको शिक्षामा ध्यानलगायतका विषयमा आफ्नो प्रदर्शन राम्रो देखाएका बुहारीको छनोट गरी सम्मान गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । पाँच वडाका ४५ बुहारीलाई गाउँपालिकाले सम्मान गरेको छ । उनीहरुसँगै २८० ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो। 

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि गाउँपालिकाले निःशुल्करूपमा गराएको थियो । पायकपर्ने स्वास्थ्य संस्थामा पु¥याएर स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि गाउँपालिकाको तर्फबाट निःशुल्क उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । उहाँले सम्मानित सबै महिलालाई अझै इमान्दारीपूर्वक सहनशील, सहृदयी, भएर सामाजिक कामसँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । गाउँपालिकाले बुहारीलाई टोल भेलाको आयोजना गरी सोही कार्यक्रममा सम्मानपत्रले सम्मानित गरेको थियो ।
 
गाउँपालिकाले सम्मानसँगै सुत्केरी महिलालाई भाले उपहारसमेत बाँडेको छ । “सुत्केरीको पोषणमा राज्यको दायित्व हुन्छ”, उपाध्यक्ष पुनले भन्नुभयो, “हामीले सरकारसँगै भएको अनुभूति दिलाउनका लागि सानो भए पनि सहयोग गरेका हौँ ।” भाले पाउनका लागि महिलाले गाउँपालिकाले बनाएको कार्यविधिअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

नियमानुसार स्वास्थ्यचौकीमा ४, ६, ८, ९ महिनामा गरी चारपटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने महिलाले मात्रै भाले उपहार पाउँछन् । नियमित जाँच र सुरक्षित सुत्केरीका लागि यस्तो नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । यसपटक ४० महिलालाई रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक सम्मान र महिला लक्षित कार्यक्रमलाई अझ थप व्यवस्थित गर्दै अगाडि बढाउने पालिकाले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement