Advertisement
Advertisement
Advertisement
Advertisement

बुहारीलाई छोरी बनाएर अन्माए

  |      12:10:00   |  
वेब तस्विर
वेब तस्विर

– सुरेन्द्र भण्डारी 

असार २९,  झापा ।  बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन्। 

 

कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया आशा काफ्लेलाई बुहारी बनाएर ६ वर्षअघि घर भित्र्याएका थिए । 

 

धनपती र टीकामाया पौडेलका छोरा प्रकाशसँग धनमायाको विवाह भएसँगै पौडेल परिवारले धनमायालाई बुहारीका रुपमा भित्र्याएका थिए । तर, विवाहको छोटो समयमै प्रकाशको निधन भएको थियो । प्रकाशको निधनपछि परिवारकै सहमतिमा धनमायाको विवाह हिजो सोही ठाउँ निवासी लेखनाथ मिश्रसँग गरिदिएका छन् ।  धनमायाको विवाह सामाजिक परम्पराअनुसार नै कनकाई नगरपालिकाको कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा गरिएको छ ।

 

वैवाहिक समारोहमा सरिक हुनुभएका कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलको बेहुलाबेहुलीलाई वैवाहिक जीवनको शुभकामना दिदैं पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेकोमा धन्यवाद व्यक्त गरे ।  उनले भने, “नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा यो विवाहलाई लिन सकिन्छ ।” 

 

पतिको मृत्युपछि पनि महिलाले दोस्रो विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनुपर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा राम्रो कामको शुरुवात गरेको छ नगरप्रमुख पोखरेलले भने, “यस्ता कार्यलाई समाजले प्रोत्साहन गर्न सकेमात्रै समाज समृद्धिको बाटोमा जान्छ ।” 

 

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा अन्माउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको धनमायाका ससुरा पौडेलले बताए ।  “घरमा नहुनुपर्ने घटना घट्यो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन् ।,” पौडेलले भने, “उनलाई यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विवाह गरिदिएको हुँ ।” 

 

बेहुला मिश्रकी श्रीमती मुनाको करीब अढाई महिनाअघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको थियो । उनको एक छोरा छन् । यता बेहुली धनमायाको पनि एक छोरी छिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement