Advertisement
Advertisement
Advertisement
Advertisement

बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड

  |      15:25:00   |  
बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड

असार २१, काठमाडौं । काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

 

कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ । निर्धारित समयमा नै काम सके कामपाले निर्माणको समयमा लाग्ने ५० प्रतिशत रकम व्यहोर्ने, दिएको रकम अन्य कार्यमा खर्च गर्न नपाउने र उद्यान निर्माणको समयमा टोखा नगरपालिकालाई प्राविधिक सहयोग आवश्यक परे पनि कामपाले व्यवस्थापन गर्ने जस्ता बुँदाहरु सम्झौतामा रहेका छन् । 

 

निर्माणपछि प्रवेश गर्न जारी हुने टिकट, पार्कसम्बन्धी अन्य कागजातहरु समेतमा कामपाको साझेदारी भएको भन्ने खुलाउनु पर्नेछ । सो अवसरमा कामपाका प्रमुख शाक्यले आप्mना वरपर रहेको नगरपालिकाहरुलाई पनि समृद्धि हासिल गर्न सघाउन सहयोग गरेको बताउनुभयो । टोखा नपाका प्रमुख अधिकारीले निर्धारित समयमै बाल उद्यान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

चौपायालाई ट्याग लगाउनुपर्ने 

कामपाभित्र पालिने चौपायाहरुलाई अबदेखि परिचय सङ्केत (ट्याग) लगाउनुपर्ने भएको छ । बुधबार कामपाले आयोजना गरेको चौपाया व्यवस्थापनसम्बन्धी कार्यक्रममा कामपा प्रमुख शाक्यले सार्वजनिक र घरपालुवा जनावरको अवस्था बुझी व्यवस्थापन गर्न ट्याग लगाउन आवश्यक रहेको बताउनुभएको हो । 

 

छाडा कुकुर, बेवारिसे छाडिएका चारखुट्टे जनावर र आकस्मिक दुर्घटनामा परेका पशु चौपायाहरुको उपचार गरिने भएकाले घरपालुवा र अन्य चौपाया छुट्याउन यस किसिमको व्यवस्था गरिएको हो । 

 

यससम्बन्धी बुधबार कामपा र सद्गुरी सेवा कुटुम्ब मन्त्रादेवी मन्दिर त्रिपुरेश्वरबीच एक सम्झौता सम्पन्न भयो । यस कार्यका लागि पक्ष कामपाले मन्त्रादेवी मन्दिरलाई रु १० लाख दिनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement