Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह रोक्न सम्झाउँछन् विद्यार्थी

  |      18:30:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २४, जाजरकोट । भेरी नगरपालिका– ९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने सुमित्रा चन्द आजभोलि बुबाआमालाई बालविवाहबाट हुने बेफाइदाका विषयमा विद्यालयमा सिकेका कुरा सम्झाउनुहुन्छ । 


छोरीका कुरा सुनेर पहिलेपहिले ध्यान नदिने अभिभावक आजभोलि छोरीको कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन, सुनेको कुरा गाउँमा गएर बालविवाहबाट हुनेबेफाइदाका विषयमा खुलेरै छलफल गर्दै समाज जागरण अभियानमा लाग्नुभएको छ । 


भेरी नगरपालिका–११ का राधिका आचार्य आमा समूहमार्फत सबै खालका विकृतिविरुद्ध सङ्गठित भएर काम गरिरहेको बताउनुहुन्छ । “हामीले कम उमेरमा विवाह गरेर पढ्न लेख्न पाएनौँ, तर हाम्रा सन्तानले हामीले पाएको दुःख नपाऊन् भन्ने हाम्रो चाहना हो”, आचार्यले भन्नुभयो, “पहिले एक जमाना थियो, ‘छोरा हुनेको धन, भैँसी हुनेको वन’ तर अहिले ‘कम सन्तान ईश्वरको वरदान’ भन्ने नै सही लाग्छ ।” 


यहाँका विद्यालयमा बालविवाहबाट हुने समस्या मात्र होइन, विद्यालयमा विद्यार्थी टिकाउने र आङ खस्ने समस्याका विषयमा समेत पढाइ हुनथालेको छ । महिलाको हकअधिकारका विषयमा समेत खुलेरै छलफल हुने गरेको छ । महीनावारी हुँदा विद्यालयमा नआउने छात्रा अहिले स्थानीयस्तरमा प्याड बनाउने तालीम सिकेपछि विद्यालय आउने दर पनि बढेको दीपेन्द्र माविका प्रधानाध्यापक धनबहादुर चन्दले बताउनुभयो । उमेर पुगेर विवाह गर्दा हुने फाइदाका विषयमा भुर, पोख्रा, जगतीपुरलगायतका दर्जन गाउँमा जागरण मात्र आएको छैन, विद्यालय, पाटी, बैठक, सार्वजानिकस्थलमा समेत व्यापक छलफल हुने गरेको छ । 


बालविवाह गर्नेलाई सरकारी सेवाबाट बञ्चित गर्न यहाँका स्थानीयवासीले माग गर्न थालेका छन् । नगरपालिकाको वडा नं ६, ९ र ११ मा रहेका विद्यालय, आमा समूह, बालसञ्जाल सबै एकजुट भएर बालविवाह रोक्ने अभियानमा लागेका छन् । स्थानीय प्रहरीले समेत सो अभियानलाई साथ दिएको छ । 


विद्यालयमा बाल अभियान र किशोरी तथा दौँतरी, शिक्षककर्मी, नमूना जोडी निर्माण गरी बालविवाह न्यूनीकरण गर्ने अभियान अहिले सबैको साझा भएको छ । स्थानीय सरकार र वातावरणीय कृषि तथा विकास केन्द्र एवं बहुआयामिक विकास तथा अध्ययन मञ्चले विगत छ वर्षदेखि बालविवाह न्यूनीकरणका लागि काम गर्दै आएका छन् । शिक्षकहरूलाई छुट्टै तालीमको व्यवस्था गरी यो अभियानमा सहभागी बनाइएको छ । 


प्रत्येक विद्यालयमा बालविवाह रोक्न बाल अभियान बनाई छलफल गर्दै बालविवाह न्यूनीकरण अभियानमा लागिएको भेरी नगपालिका– ९ का वडाध्यक्ष ध्रुव पौडेलले जानकारी दिनुभयो । “यो सबैको साझा अभियान भएकाले हामी सबै एक ठाउँमा रहनुको विकल्प छैन”, उहाँले भन्नुभयो । बुधबार जिल्ला सदमुकाम खलङ्गाबाट गएको सरोकारवालाको अनुगमनमा समेत स्थानीयवासी, विद्यार्थी, स्थानीय अभियानकर्मीले बालविवाहका विषयमा प्रस्तुति राखेका थिए । नमूना वडा बनाउन सबै सरोकारवाला निकाय जुटेको उनीहरूको भनाइ छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement