Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

  |      17:39:00   |  
वेब तस्विर
वेब तस्विर

►हेमन्त केसी 

मङ्सिर १७, जाजरकोट । बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम नरोकिएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ । 

 

बालबालिकाको स्थिति प्रतिवेदनअनुसार विवाहित ६७ हजार ३३२ मध्ये ७४ प्रतिशतले बालविवाह गरेको उल्लेख छ । ४९ हजार ८६२ जनाले १९ वर्षमुनिको उमेरमा विवाह गरेको पाइएको छ । प्रतिवेदनअनुसार १५ वर्षदेखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका छन् । 

 

त्यस्तै, १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना देखिएका छन् भने १० देखि १४ वर्षको उमेरमा विवाह गर्नेको सङ्ख्या पाँच हजार ६६८ रहेको छ । बालविवाह गर्नेमा बालक भन्दा बालिका बढी रहेका छन् । महिला तथा बालबालिका कार्यालय जाजरकोटको एक तथ्याङ्कअनुसार जिल्लामा बालविवाह गर्नेमध्ये ६२ दशमलव ८७ प्रतिशत बालिका र ३७ दशमलव १३ प्रतिशत बालक रहेका छन् । यसै सिलसिलामा जिल्लामा पहिलोपटक बालिका सम्मेलन गरी बालविवाह न्यूनीकरणका लागि शुरुआत गरेको छेडागाड नगरपालिकाले जनाएको छ । 

 

छेडागाड नगरपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पाँचताराको संयोजनमा जिल्लामा पहिलोपटक बालिका सम्मेलनको आयोजना गरी बालविवाह न्यूनीकरणको अभियान थालिएको छ । त्यस्तै नलगाड नगरपालिकाले ‘बालविवाह न्यूनीकरणका, २०७५’ आचारसंहिता पारित गरी काम सञ्चालन गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । 

 

एक देखि १३ नं वडामा प्रत्येक वडामा एउटा बस्ती पर्ने गरी काम शुरु गरिएको उहाँले बताउनुभयो । वडा अध्यक्षको संयोजकत्वमा बालविवाह न्यूनीकरण गर्न १३ वटा बस्ती छनोट गरी नमूना गाउँ बनाउने अभियानमा लागेको उहाँको भनाइ छ । 

 

सम्मेलनमा सहभागी बालिकाले बालविवाह रोकथामका लागि जिल्लाभरि नै स्थानीय सरकारले अभियान सञ्चालन गर्नुपर्ने र स्थानीय सरकार नै सक्रिय हुनुपर्ने माग गरेका छन् । कम उमेरमै विवाह गरेका कारण स्कुले बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको शिक्षक बताउँछन् । घरायसी काम, गरीबी र आधुनिक प्रविधिको दुरूपयोगले बालविवाह गर्नेहरूको सङ्ख्या बढेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नपा– ८ का प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । 

 

सरोकारवाला निकायले विद्यालयस्तरमा पनि परामर्शमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रअ सिंहले बताउनुभयो । हरेक शैक्षिक सत्रमा कक्षा छोड्नेको अवस्था विश्लेषण गर्दा त्यसको मूल कारण बालविवाह नै भएको उहाँले बताउनुभयो । 

 

बालविवाहका कारण समाजमा विकृति बढ्नुका साथै सम्बन्ध विच्छेदका घटना पनि अत्यधिक मात्रामा बढ्दै गएको जनाइएको छ । जिल्ला अदालत जाजरकोटले गत आर्थिक वर्षको मुद्दा फछ्र्यौटबारे सार्वजनिक गरेको एक तथ्याङ्कमा सम्बन्ध विच्छेद भएका ५१ वटा जोडीमध्ये ४१ जोडीको उमेर २० देखि २३ बीचको रहेको छ । ती सबै जोडीको विवाह १९ वर्ष नहुँदै भएको प्रतिवेदनमा उल्लेख छ । 

 

सानैमा विवाह गरेका कारण गरीबी बढेको र परिवारमा असमझदारी हुँदा विवाह गर्ने उमेरमा ती जोडीको सम्बन्ध विच्छेद हुने गरेको नेपाल बारका अध्यक्ष भीमबहादुर सिंहले बताउनुभयो । सानै उमेरमा विवाह गर्ने र उमेर बढ्दै गएपछि=श्चात्ताप गरेर सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement