Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह र हिंसा न्यूनीकरणमा जुटे किशोरी

  |      11:54:00   |  
Symbolic Image
Symbolic Image

पुस १७, सिन्धुली । बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका किशोरी हानिकार परम्परागत अभ्यासविरुद्ध जुट्दै आएका छन् । 

दुधौली नगरपालिका–३ निपानेमा रहेका किशोरी अहिले समूहमा आबद्ध भएका छन् । उनीहरुले किशोरी अवस्थामा हुने परिवर्तन, सामाजिक मूल्य मान्यता, किशोरीलाई आइपर्ने समस्या र सामाधानका लागि चाल्नुपर्ने कदम, किशोरीमा हुने हिंसाजस्ता विषयमा खुलेर छलफल गर्न थालेका छन् ।

यस्तो छलफलपछि किशोरीमा हुने हिंसाको विषयमा अभिभावकसमेत उक्त समूहमा आई पीडकलाई कारवाही गराउन सफल भएका छन् । निपानेमा रहेको समाज सुधार किशोरी समूहले मासिकरुपमा आफूहरुका समस्याबारे खुलेर छलफल गर्दै आएका छन् । 

मासिकरुपमा हुने छलफलमा किशोरीको महिनावारी र विवाहवारीलगायत किशोरीमा हुने हिंसा र समाज परिवर्तनमा किशोरीको भूमिकालगायतका विषयमा छलफल हुने गरेको समूहकी अध्यक्ष सुशीला अधिकारी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा किशोरी हिंसामा परे भने अभिभावकको इज्जत जोगाउन हिंसा सहेर बस्नुपर्ने बाध्यता रहेको थियो ।” हिंसा सहेर बस्नु भनेको हिंसा गर्नु सरह भएको भन्दै उहाँले आफूहरु अहिले किशोरीमा आइपर्ने समस्या समाधान गर्न समूहमार्फत छलफल र पीडकलाई कारवाही गराउन सरोकारवाला निकायलाई दबाब दिँदै आएको बताउनुभयो ।

कम उमेर भएकी छोरीको विवाह गर्दा धर्म हुने भन्दै बालविवाह बढ्दो अवस्थामा रहेको र बालविवाहबाट बालिकामा पर्ने शारीरिक तथा मानसिक समस्याका बारेमा समेत आफूहरुले अभिभावकलाई जानकारी गराउने गरेको उहाँको भनाइ छ । ‘‘मासिकरुपमा गाउँभरि छलफल गर्दा पनि केही अभिभावकले बालविवाह गर्न आफ्ना बाल्यवस्थाका छोरीहरुलाई दबाब दिने गरेको र केही समय अघिसम्म हुने गरेको बालविवाहसमेत आफूहरुले रोक्न सफल भएका छौँ’’, उहाँले भन्नुभयो ।

ओरेक नेपाल संस्थाले किशोरीहरुलाई तालीम दिएपछि आफ्ना अधिकार र हिंसाका बारेमा खुलेर बोल्न सक्ने भएको उहाँले बताउनुभयो । समूहकी अध्यक्ष सुशीला भन्नुहुन्छ, “हिजो घर बाहिर हिँडडुल गर्दा केटाहरुले जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरे पनि आफूहरु चुपचाप बस्ने गर्दा उनीहरुको मनोबल बढ्दै जाने र पछि बलात्कार तथा बालिकाको हत्याजस्ता घटना हुने भन्दै अब गाउँ समाजमा कुनै पनि केटाहरुले किशोरी तथा बालिकालाई जिस्क्याउने, अस्लिल शब्द बोल्ने गरेमा तत्काल कारवाही गर्न हामी स्थानीय सरकार तथा प्रहरीसमक्ष जाने गरेका छौँ ।”

हिजो किशोरी तथा बालिकाहरु हिंसामा परे पनि सहेर बस्नुपर्छ भन्दै उल्टै उनीहरुलाई गाली गर्ने अभिभावकसमेत अहिले आफ्ना छोरीहरुको समस्या लिएर समूहमा आउने गरेको समूहका सदस्य मनिता अधिकारी दनुवारले बताउनुभयो । ‘‘हिजो जे समस्या भए पनि छोरीको कर्म हो धेरै समस्या झेल्नु पर्दछ, सहेर बस्नुपर्दछ भन्ने आमाबुबा अहिले छोरीहरुलाई केही भयो कि अहिले समूहमा छलफल गर्न आउँछन्’’, उहाँले भन्नुभयो । 

वडाका किशोरीले अब आफ्नो वडामा विद्यालय जाने रहर हुँदाहुँदै पनि जान नसकेका र लामो समयदेखि अध्ययन गर्न नपाएका युवाको तथ्याङ्क सङ्कलन गर्ने र नगरपालिकासँग उनीहरुलाई सीपमूलक तालीम दिई आयआर्जन तथा आधुनिक कृषिखेतीतर्फ लाग्न आग्रह गर्ने पुनम अधिकारीले बताउनुभयो । 

स्थानीय किशोरीहरुले सञ्चालन गरेका यौन दुव्र्यवहार, घरेलु हिंसा, मदिराजन्य पदार्थ सेवनबाट हुने हानि, बालविवाह न्यूनीकरणलगायतका विषयमा घरदैलो, सचेतीकरण, स्कूल शिक्षालगायतका कार्यक्रम निकै प्रधावकारी भएको दमबी गर्नुभयो । किशोरीहरुको प्रयासपछि महिनावारीका समयमा व्यक्तिगत सरसफाइका बारेमा सिकाउने, महिनावारी हुँदा सफा कपडा प्रयोग गर्ने र उक्त कपडा धोएपछि घाममा सुकाउनेजस्ता व्यवहारमा परिवर्तन आएको स्थानीय मैनादेवी राईले बताउनुभयो । ‘‘हिजो महिनावारी हुँदा स्कूल नजाने छात्राहरु अहिले नियमित विद्यालयसमेत जाने गरेका छन्’’, उहाँले भन्नुभयो ।

दुधौली नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख रमा तामाङले त्यस क्षेत्रमा रहेका बालबालिकामा नेतृत्व विकासमा सक्षम रहेको बताउनुभयो । आफ्ना समस्याबारे खुलेर छलफल गर्दै समाधान गर्नतर्फ अग्रसर हुनु नै महत्वपूर्ण कुरा रहेको उहाँको भनाइ छ । नगरपालिकाका उपप्रमुख बालकुमारी अधिकारी दनुवारले पालिकाभित्रका बालबालिका तथा किशोरीको मागका आधारमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement