Advertisement
Advertisement
Advertisement
Advertisement

बागलुङमा घरेलु हिंसा बढ्दै

  |      15:45:00   |  
web image
web image
पुस ६, बागलुङ । बागलुङ जिल्लामा घरेलु हिंसाका घटना  बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले  शनिबार यहाँ  सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ । 
 
सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लङ्घनका  घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो । गत वर्ष सन् २०१८ मा जम्मा ५७ घरेलु हिंसाका घटना घटेकामा यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको हो । 
 
पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुनुले घरेलु तथा मानवअधिकार उल्लङ्घनका घटना बाहिर आउन थालेको उहाँले जानकारी दिनुभयो ।   
यस अवधिमा घरेलु हिंसाका ४६, यौन दुव्र्यवहार आठ, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी पाँच, नागरिक तथा राजनीतिक अधिकार ११, धम्की तथा कुटपिट राज्य पक्षबाट एक, बालअधिकार/शैक्षिक संस्थामा कुटपिट तीन, जातिय विभेद एक, बहुविवाह सात, महिला अधिकार/गोली प्रहार–घरेलु हतियार चार, मानव बेचबिखन तथा ओसारपसार एक, आत्महत्या दुरुत्साहन÷शङ्कास्पद मृत्यु चार र सम्पत्ति क्षति पाँच गरी १०५ घटना घटेको प्रतिवेदनले जनाएको छ ।
 
इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक सन् २०२० का लागि सङ्कलन गरेको घटनाको पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटना वृद्धि हुँदै गएकामा सरोकारवालाले चिन्तासमेत व्यक्त गर्नुभएको थियो । 
 
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ, सुरक्षकर्मी र सञ्चारकर्मीले मानवअधिकारसम्बन्धी विषय गम्भीर भएको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने धारण व्यक्त गर्नुभएको थियो । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement