Advertisement
Advertisement
Advertisement
Advertisement

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

  |      23:31:00   |  
फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सुरेन्द्र भण्डारी ►

भदौ २८, झापा। सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । 
 

बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् । 

 

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उनीहरुले रकम जुटाएर सहयोग गरेका हुन् । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन् । 

 

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चचलाएका थिए । 

 

सो अभियानबाट जुटेको रकमबाट उपचार गराइएपछि उनले नयाँ जीवन पाएकी हुन् । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बंैकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए । सहयोग पाएपछि क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन् । सबैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

 

सामाजिक कार्य गर्न रुचाउने टोमले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै  आएका छन् । राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो विद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद दिएका छन् । ँछोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका बुबा हामीकहाँ सहयोग माग्न आउनुभएको थियो, हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाती भएर घर आएको सुन्दा हामीमा खुशीको सीमा नै रहेन”, प्रधानाध्यापक कटुवालले भने । 

 

शेषलाललाई खुशीसंगै पीडा 

सबैको सहयोगमा छोरी फूलकुमारीले नयाँ जीवन पाएकामा शेषलाल अति खुशी भए पनि उनमा उत्तिकै पीडा पनि थपिएको छ । विसं २०६६ मा विरिङ खोलामा आएको बाढीले उनको परिवारलाई विस्थापित बनाएको थियो । 
 

भएको जग्गा जमिन नदीले कटान गरेर बगरमा परिणत गरिदिएपछि उनी अर्कैको जग्गामा आश्रय लिई फुसको छाप्रो हालेर बसेका थिए । आश्रय लिइएको ठाउँमा पनि साउनको अन्तिम साता आएको बाढीले क्षति पुर्‍यायो । त्यसबेला उनी छोरीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा थिए । 

 

बाढीले क्षति पुर्‍याएपछि उनी अहिले छिमेकीको शरणमा छन् । भएको छाप्रो पनि बस्न नमिल्ने भएको छ । न उनको घरमा ओढ्ने छ, न त ओछ्यान नै । 
 

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएको राजवंशी परिवारको अहिले न खाने अन्न छ न त बस्ने बास नै । ँमजदुरी गरेर परिवार पाल्दै थिएँ, छोरी बिरामी भएपछि उनको उपचारका लागि अस्पताल बस्दा अहिले गर्जो टार्ने उपाय नै रहेन”, शेषलालले भने । छोरीको सफल उपचारपछि घर फर्किएका उनी छोरीले पाएको नयाँ जीवनप्रति खुशी भए पनि बस्ने घर नै नभएपछि उत्तिकै चिन्तित बनेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement