Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

  |      16:22:00   |  
Web : Image
Web : Image

पुस १३, पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् ।
 
पोखरा रङ्गशालामा शनिबार भएको वुमन्स ओपनको सेमिफाइनल खेलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गर्नुभयो भने सलोनीले गङ्गा शर्मालाई ६–०, ६–२ ले पराजित गर्नुभएको हो ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलमा डिफेण्डिङ च्याम्पियन कमल भण्डारी, छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । कमलले भीष्मजङ्ग गुरुङलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नवीन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गर्नुभएको हो ।
 
त्यस्तै ४५ वर्षमाथिका एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमनेसामने हुनुहुनेछ । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गर्नुभयो भने सोही उमेर समूहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको हो । 

प्रतियोगिताको ५५ वर्षमाथिको एकलमा कमल थापाले ध्रुव गुरुङलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले, मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदीप शाहले राजकुमार गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पार्नुभयो । 

पैँतीस वर्षमाथिको डबल्स उपाधिका लागि कमल भण्डारी र राजु श्रेष्ठ ९स्विड वे० को जोडीले सिमान्त गुरुङ र राजु श्रेष्ठ ९गोर्खा० सँग खेल्ने भएको छ । कमल जोडीले छेवाङ लामा र चिरायजङ्ग थापाको जोडीलाई तथा सिमान्त जोडीले शरण गुरुङ र राजन पौडेलको जोडीलाई पराजित गरेको हो । 

त्यसैगरी ४५ वर्षमाथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीसँग फाइनल खेल्नेछ । भट्टराई जोडीले दोर्जे लामा र अनु जोनको जोडीमाथि ५–२ र रिटायर्ड हर्टको नतिजा निकालेको हो भने राणा जोडीले वाकओभर पाएको थियो ।

प्रतियोगिताको ५५ वर्षमाथिको डबल्सतर्पm कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । समीर शेरचन र अनिल तुलाचनको जोडीले प्रदीप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसँग उपाधिका लागि निश्चित गरेको छ । पैँसठ्ठी वर्षमाथिको एकलमा छेतन नर्केलले मेजर लक्ष्मीप्रसाद गुरुङलाई पराजित गर्नुभएको प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement