Advertisement
Advertisement
Advertisement
Advertisement

प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने

  |      16:23:00   |  
वेब तस्विर
वेब तस्विर
असार २०,काठमाडौं । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । 
 
 
पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज  आयोजित कार्यक्रममा उहाँले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसको विकास गर्न प्राकृतिक चिकित्सा विधेयक पनि ल्याउनुपर्नेमा जोड दिनुभयो । 
 
 
उहाँले भन्नुभयो, “मानिसको शरीर प्राकृतिकै देन भएकाले त्यसको उपचार पनि प्राकृतिकरुपमा हुनुपर्छ, पछिल्लो समय पश्चिमा चिकित्सा पद्धतिले बाँधे पनि हामी पुरानै उपचार पद्धतिमा फर्कन थालेका छौं ।”  
 
 
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई एकीकृतरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा प्राचीन उपचार पद्धतिले खानपान, रहनसहन, दैनिक योगाभ्यास लगायतका सबै कुरा सिकाउने भएकाले पछिल्लो समय बढिरहेको नसर्ने रोग रोकथाममा पनि यो उपयोगी छ”, उहाँले भन्नुभयो ।
 
 
आफ्ना मौलिक चिकित्सा पद्धतिलाई वैकल्पिक भनी पश्चिमा उपचार पद्धति अपनाउनुभन्दा आफ्नै चिकित्सा पद्धतिका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । 
 
 
आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नयाँ संरचनामा संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा एक दरबन्दी प्राकृतिक चिकित्सालाई दिनुपर्ने माग अघि सारेको बताउनुभयो । 
 
 
योग गुरु डा हरिप्रसाद पोखरेल, राष्ट्रिय आयुर्वेद संघका अध्यक्ष डा प्रकाश ज्ञवाली, योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा कृष्णकुमार अर्यालले प्राकृतिक चिकित्सालगायत अन्य पूरक चिकित्सा पद्धतिको समष्टिगत विकासका लागि राष्ट्रिय पूरक चिकित्सा नीति आवश्यक भएको बताउनुभयो । 
 
 
सरकारले प्राकृतिक चिकित्साको विकास गर्ने उद्देश्य असार २० गतेलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका रुपमा मनाउने निर्णय गरेको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement