Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीको हत्याका आरोपी तारा थापा पक्राउ

  |      21:30:00   |  
प्रहरीको हत्याका आरोपी तारा थापा पक्राउ

धादिङ। उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।
 

हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । 

 

बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । व्यक्तिगत मोबाइलको कल डिटेलका लागि अदालतसँग स्वीकृति लिनुपर्ने भएकाले अनुसन्धानका लागि केही समय लागेको भए पनि घटनाको अनुसन्धान भइरहेको र छिट्टै अपराधी पत्ता लाग्ने प्रहरी उपरीक्षक खत्रीले बताए । 

गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । प्रहरी चौकीका प्रमुख बिदामा गएकाले घटना भएको दिनमा गुरुङ नै प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका थिए । हिउँदमा यातायात साधन चल्ने भए पनि बर्खामा हिँडेर पुग्नुपर्ने दार्खा प्रहरी चौकी सदररमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरमा रहेको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement