फागुन २४, पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छिपहरमाई गाउँपालिकामा निर्माण हुन लागेको अत्यधुनिक प्रसूतिगृह सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको तराई मधेश समृद्धि योजनाअन्तर्गत गाउँपालिका–२ सम्झौतामा रु ५६ लाख ९१ हजारको लागतमा निर्माण हुन लागेको प्रसूति केन्द्र निर्माण हुन लागेको हो । मन्त्री पण्डितले काम नगर्ने कर्मचारीलाई वर्तमान सरकारमा कुनै स्थान नभएको भन्दै छिटो छरितो गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।