Advertisement
Advertisement
Advertisement
Advertisement

पोखरामा खुल्यो क्लरा इन्टरनेसनल स्पा तथा ब्युटी कलेज

पोखरामा खुल्यो क्लरा इन्टरनेसनल स्पा तथा ब्युटी कलेज

पोखरा । पोखराको हङकङ ब्युटी इन्स्टिच्युटले गत हप्ता मलेसियाको क्लारा इन्टरनेसनल समन्वयमा स्पा तथा ब्युटी कलेज स्थापना गरेको छ । नेपालमै पहिलो पटक फ्रेन्चचाइजको रुपमा उक्त कलेज पोखरामा स्थापना गरेको प्रालिका अध्यक्ष मीना गुरुङले बताइन् । उक्त कलेजको उद्घाटन गर्दै क्लारा इन्टरनेसनल कलेजका सञ्चालक प्राडा डाटिन क्लाराले व्यक्तिको छाला र अनुहार सम्बन्धी राम्रो रेखदेख गर्न गुणस्तरीय सौन्दर्यका सामान र प्रयोग गर्ने विधि आवश्यक भएको बताइन् ।

गुरुङले क्लारा कलेजको सम्बन्धन प्राप्त ११ औं कलेजको रुपमा नेपालको एक मात्र कलेज पोखरामा फ्रेन्चचाइजीको रुपमा स्थापना गर्न सफल भएको बताउँदै उक्त कलेजले धेरै गुणस्तरीय ब्युटिसियन तथा थेरापिस्टहरु उत्पादन गर्ने दाबी गरिन् । ७४ वर्षीया क्लाराले नेपालमा आधुनिक र व्यावसायिक ब्युटिसियनको धेरै सम्भावना भएकोले आफूहरुले प्रक्रिया मिलाएर सम्बन्धन दिएको जनाइन् ।

प्रालिको ३० औं वार्षिकोत्सवको अवसरमा उक्त कलेजमा सञ्चालन गरिएको हो । क्लारा इन्टरनेसनलले ब्युटी कस्मेटिक सामान उत्पादन, ब्युटी सम्बन्धी मास्टर्स तथा पिएचडी सम्मको अध्ययन समेत गराउँदै आएको छ । विश्व बजारमा यसको माग बढेकोले आफूहरुले सम्बन्धन लिएर काम गर्न लागेको अध्यक्ष गुरुङले बताइन् । प्रालिमा १ सय जना प्रशिक्षार्थीहरु रहेको म्यानेजर प्रजित गुरुङले बताए ।

चाइना, बु्रनाई, बंगलादेश, अमेरिका, युएई, दुबई, भारत, हङकङ, म्यानमार, फिलिपिन्स लगायतका देशमा शाखाको रुपमा उक्त एकेडेमीले ब्युटिसियनको क्षेत्रमा काम गर्दै आएको छ । विगत ३० वर्षदेखि हङकङ ब्युटी इन्स्टिच्यूट संचालन गर्दै सयौं ब्युटिसियनहरु उत्पादन गर्दै आएकी गुरुङले ब्युटी पेसालाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान र यसलाई अझ बढी आधुनिक तथा व्यावसायिक ढंगले अघि बढाउन मलेसियाको कलेजसँगको सहकार्यमा उक्त कलेज स्थापना गरेको बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement