Advertisement
Advertisement
Advertisement
Advertisement

पोखराका महिला उद्यमीलाई कर शिक्षा

  |      17:46:00   |  
तस्विर: नयाँ पत्रिका
तस्विर: नयाँ पत्रिका

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना महिला सदस्यहरुको लागि कर शिक्षा तालिम दिएको छ । पोखरा उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास उपसमितिको आयोजना,आन्तरिक राजश्व कार्यालयको सहयोगमा महिला उद्यमशिललाई जोड दिन कार्यक्रम आयोजना गरिएको हो । पोखरामा विभिन्न पेशा्व्यवसाय गरेका महिला उद्यमीहरुलाई करको बारे जानकारी दिन र व्यवसायप्रति आर्कषण वढाउन कार्यक्रम आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

कार्यक्रममा कर सम्बन्धी जानकारीका साथै आयकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क,स्वास्थ्य सेवा कर, अग्रिम कर कट्टी,मिसम्याच, कर परिक्षण, करदाताका अधिकार र कर्तव्यको बारेमा जानकारी दिनुका साथै कर्तव्य, आर्थिक विधेयक २०७४र०७५ मा भएका संशोधनहरुबारे समेत चर्चा गरिएको थियो । 

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पालिखेले ढिलै भएपनि महिला उद्यमीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गरे । करको दायित्वबारे सबै व्यवसायी जानकार भएपनि नियमत भुक्तानी प्रक्रियाबारे जानकारी नहुँदा कर ठूलो विषय बन्न पुगेको उनको भनाई थियो । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेपालको कर प्रणाली स्वेच्छिक भएकोले करदाताहरुलाई स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहित गरिएको प्रष्ट पारे । स्वेच्छिक रुपले कर तिर्न प्रोत्साहन गरिएकोले नै कर नतिर्दाको डण्ड जरिवाना बढी हुने गरेको उनको भनाई थियो । उनले प्रत्यक्ष कर र अप्रत्यक्ष करबारे व्यवसायीहरुले थोरै मात्र जानकारी राख्ने र आफ्नो आय–व्यय विवरण चुस्त दुरुस्त राख्न सके डण्ड र जरिवानाको मारबाट बच्न मद्धत गर्ने जानकारी दिए । नयाँ पत्रिका


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement