असार १५, काठमाडौं। नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न थालेको हो ।
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले चाँडै नै पारिवारिक लगत कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले प्रत्येक स्थानीय तहमा एउटा सेवा एकाइ कार्यालय स्थापना गरी पारिवारिक लगत लिइने छ भन्नुभयो ।
उहाँले सामाजिक सुरक्षा वितरण, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिमा राहत वितरण गर्न सहिजो होस् भनेर नै पारिवारिक लगत लिन थालिएको बताउनुभयो ।
“सामाजिक सुरक्षा भत्ता वितरण र भूकम्पमा एउटै परिवारका मानिस पनि फरक फरक परिवार देखाएर राहत लिनेजस्ता समस्या देखिए”, उहाँले भन्नुभयो, “एउटा परिवारको नामसहित अनलाइनमा राखेपछि एउटै परिवारको धेरै परिवार बनाएर राहत खानेजस्ता समस्या समाधान हुन्छ ।”
विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
एकाइ कार्यालयमा एकजना तथ्याङ्क संकलनकर्ता र एकजना कम्प्युटर अपरेटरले उक्त लगत लिने जनाएको छ ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...