Advertisement
Advertisement
Advertisement
Advertisement

पाठेघर खस्ने समस्या भएका एघार महिलाको निःशुल्क शल्यक्रिया

  |      18:43:00   |  
वेब तस्विर
वेब तस्विर

कात्तिक २६ खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।
 
जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको शल्यक्रिया गराएको छ । यस्तै, रावाबेँसी गाउँपालिकाका दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक महिलालाई काठमाडौँ जान/आउन तथा खान/बस्नको व्यवस्था मिलाइदिएको हो । उनीहरुका साथमा एक/एक जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताउनुभयो । 

 

“जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनीहरु एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।” काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एशोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् ।
 
उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिनुभयो । केडको कार्यक्रम रावाबेँसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ । 

- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement