Advertisement
Advertisement
Advertisement
Advertisement

पश्चिमी नाका बाट तीन महिलाको उद्धार

  |      11:22:00   |  
वेब तस्विर
वेब तस्विर

असार २०, कंचनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । 

 

तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् ।

 

दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर्दा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपाल, गड्डाचौकीमा कार्यरत लक्ष्मी गिरीले जानकारी दिनुभयो । 

 

“दुवैजनासित राहदानीसमेत रहेकाले सोधपुछ गर्दै जाँदा अभिभावकलाई समेत झुक्याएर भारतीय एजेण्टमार्फत दुबई जान हिँडेका रहेछन्,” गिरीले  भन्नुभयो– “प्रारम्भिक अनुसन्धानमै दुवैजनाले दिल्ली हुँदै दुबई जान लागेको स्वीकार गरे ।” 

 

उद्धार गरिएकी गीता यसअघि दुई वर्ष दुबईमा रोजगारीका लागि गइसकेकी महिला हुन् भने शर्मिलाले पनि आफूले साउदी अरब र दुबई गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् । 

 

“काठमाडौंमा श्रमको लफडा छ भनेपछि दुबईबाट भारतीय एजेण्टले दिल्ली हुँदै आउन भनेपछि यो बाटो हिँडेका थियौँ ।” गीता परियारले भनिन्– “भारतीय मोहमद इक्वालले हामीलाई दुबई बोलाउन लागेको हो ।” उनीहरुका अनुसार भारतीय नागरिक इक्वाल दुबईमा स्कूल सञ्चालक हुन् । 

 

प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारका सदस्य आएपछि जिम्मा लगाउने जनाएको छ । “प्रारम्भिक अनुसन्धानमा दुवै महिलाले आफूहरुलाई श्रीमानले डिभोर्स दिइसकेको भनेका छन् ।” थ्री एन्जल्सका गिरीले भन्नुभयो– “घरमा अभिभावकलाई काठमाडौँ जान्छु भनेर हिँडेका रहेछन् ।” 

 

पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

 

त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादँनी झोलुंगे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो । 

 

उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement