Advertisement
Advertisement
Advertisement
Advertisement

परिवर्तनमा महिलाको भूमिका गौरवपूर्णः उपराष्ट्रपति

  |      22:44:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको बताउनुभएको छ । 

एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त नहुन सक्थे ।” 


सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाले आज राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । उपराष्ट्रपति पुनले संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको बताउनुभयो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिलाको पहुँचलाई अझै विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । 


“संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको छ”, विगतका ऐतिहासिक सङ्घर्षकै प्रतिफलस्वरुप महिला अधिकार सम्पन्न भइरहेको सन्दर्भ उल्लेख उहाँले भन्नुभयो, “यो खुशीको कुरा हो । यो महिलाको मात्र नभई नेपालकै ठूलो उपलब्धि हो र नेपालको मात्रै नभई विश्वभरका महिलाका लागि ठूलो सफलता हो ।” 


नेपालको समृद्धिका लागि महिला दिदी–बहिनी समृद्ध बन्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले महिला राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव छैन भन्नुभयो । उहाँले मुलुकको विकास, आर्थिक समृद्धि र महिलाको हक–अधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभयो । पुरुषभन्दा महिलानै शक्तिशाली हुन्छन् भन्ने विज्ञानले प्रमाणीत गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले महिलालाई अधिकारसहितको जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । 


बलात्कार, घरेलु हिंसा तथा अन्य महिला हिंसाका घटनाले आफूलाई अत्यन्त गम्भीर र चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरणका लागि सरकारी संरचना गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । आपराधिक मनोवृत्ति निर्मूल गर्न सशक्त सचेतना अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “बलात्कार र महिला हिंसाका घटना धेरै बढ्नु आजको सभ्य समाजका लागि पाच्य विषय हुँदै होइन । बलात्कारीलाई कानूनी दायरामा ल्याएर पीडितलाई न्याय त दिनुपर्दछ नै । यस्ता जघन्य आपराधिक घटनाको न्यूनीकरणका लागि विशेष अभियान पनि सञ्चालन गरिनुपर्ने अवस्था देखिन्छ ।” मुलुक राजनीतिक स्थायित्वसँगै स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा लम्किरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले दिगो आर्थिक विकाससहितको समृद्धि हासिल गर्न महिला दिदीबहिनीको उद्यम क्षेत्रमा बलियो उपस्थित हुनुपर्नेमा जोड दिनुभयो । 


नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले देशको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता उल्लेखनीय हुँदै गएकामा खुशी व्यक्त गर्दै महिलालाई थप जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाले नेतृत्व गरेका सङ्घ, सङ्गठन तथा कार्यक्रमले पुरुषका तुलनामा अपेक्षित सफलता हासिल गरेका छन् । यसले कुनै कुरामा पनि महिला कम छैनन् भन्ने पुष्टि गरेको छ ।” 


कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालको पहिलो महिला ट्याम्पु चालक लक्ष्मी शर्मालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभएको थियो । त्यस्तै महिला सशक्तीकरण, उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला व्यक्तित्व विधाता श्रेष्ठ, कृष्णकुमारी पौड्याल, मीरा भट्टराई, शिवकुमारी डङ्गोल, सुलोचना श्रेष्ठ, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लाक्पा फुटी शेर्पालाई सम्मान गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement