मंसिर १८, काठमाण्डौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ।
कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो। नियामक निकायले यही २०७९ साल चैत मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको बोनस सेयर लाभांशबाट कम्पनीको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ पुगेको छ। बाँकी रहने चुक्तापुँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रुपमा पुग्ने स्थिति छ।
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ।