चैत १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सचेतक एवं प्रतिनिधिसभा सांसद शान्ता चौधरी इसइई परीक्षामा सहभागी भएकी छन् । दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुल चौधरीको सेन्टर हो ।
दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी उनी कमलरीदेखि सभासदसम्मकी लेखिकासमेत हुन् ।
संविधानसभाभित्र प्रवेश गर्दा कतिपयले आफुलाई लक्षित गरी औठाछापेले के संविधान बनाउला भनेको सुनेको उल्लेख गर्दै यसैले पढ्न उत्साहित बनाएको उनले बताइन् ।