Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली चलचित्रकी निर्देशक निलु डोल्माको निधन

  |      11:53:00   |  
निलु डोमा शेर्पा
निलु डोमा शेर्पा

काठमाडौं। नेपाली चलचित्रकी निर्देशक तथा कलाकार निलु डोमा शेर्पाको निधन भएको छ। शनिबार बिहान ९ बजे आफ्नै निवासमा हृदयघात भएपछि महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुर्उने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

पूर्वमिस नेपाल माल्भिका सुब्बाका अनुसार शनिबार बिहान साढे आठ बजेसम्म शेर्पालाई केही भएको थिएन। सुब्बा शेर्पाको निवास बालुवाटार पुगेर साढे ८ बजेमात्र फर्किएकी थिइन्।
शेर्पाको निधनले आफू चकित परेको सुब्बाको भनाइ छ। ‘एउटा विज्ञापन सुटिङका लागि लुगा लिन बिहान साढे आठ बजे म उहाँकै निवास पुगेकी थिएँ’, सुब्बाले भन्नुभयो, ‘त्यत्तिबेलासम्म उहाँलाई केही भएको थिएन तर, उहाँसँग छुटेको पौने घन्टा नबित्तै नराम्रो खबर आयो टिचिङ पुग्दा उहाँको शवमात्र भेटेँ।’
निर्देशक शेर्पालाई मृर्गौलाको समस्या थियो। यद्यपी मृर्गौलाको समस्या निको भएपछि चिकित्सकै सल्लाहमा औषधि खान छोडेकी थिइन्। 
चर्चित चलचित्र ‘हाऊ फन्नी’को निर्देशन गरेकी शेर्पाले भारतबाट चलचित्र सम्बन्धी डिप्लोमा गरेकी थिइन्।
निर्देशक शेर्पाको शव डिचिङ अस्पतालमै राखिएको छ। उहाँकी आमा अष्ट्रेलियामा हुनुहुन्छ। उनको अन्तेष्टि आमा अष्ट्रेलियाबाट आएपछि शेर्पाको संस्कृति अनुसार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।
निर्देशक शेर्पा शुक्रबार सम्पन्न नायिका निशा अधिकारीको विवाह समारोहमा समेत उपस्थित भएकी थिइन।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement