 
                                    
                                
काठमाडौं। नेपाली फेसन डिजाइन क्षेत्रमा डिजाइनर प्रेमदेवको यात्रा प्रारम्भ भएको १२ वर्ष भयो । यसबिच उनले धेरै प्रकारका उत्तारचढावको सामना गरे पनि आफूले रुचाएको पेसाबाट कहिल्यै नथाकी अनवरत रूपमा फेसन डिजाइनमा लाग्ने नेपालका सफल डिजाइनर मध्येका एक हुन्–डिजाइनर प्रेमदेव । आइसी फेसन कलेजबाट नै डिजाइनमा डिप्लोमासम्मको कोर्स पूरा गरेका यी डिजाइनर अहिले नेपालमा चलेका उच्चकोटीका सेलिब्रेटीलगायतका ड्ेरस डिजाइनमा व्यस्त छन् ।

खासमा उनी यो क्षेत्रमा हाम फाल्दाताका साडी पसलमा काम गर्थे । त्यतिबेला उनको जीवनमा एक प्रकारको सफल जीवनको सपना बोक्न सिकाउने एक पात्र हुन्–डा. बबी श्रेष्ठ । उनकै सल्लाह र सहयोगका कारण उनले डिजाइन कोर्स गर्ने मानसिकता बनाउन सके ।  फलस्वरूप आज देशमा हुने विभिन्न फेसन डिजाइनका भव्य समारोहरूमा पनि उनले डिजाइन गरेका पहिरन देख्न सकिन्छ । कुरा भन्दा बढी काममा विश्वास राख्ने डिजाइनर प्रेमदेवले आफ्नो  खुबी तथा कला विभिन्न ट्यालेन्ट शोहरूमा प्रस्तुत गरिसकेका छन् । हालसम्म उनले ४ वटा फेसन विक, विभिन्न फेसन शोमा आफ्नो डिजाइन कला प्रस्तुत गर्न भ्याइसकेका छन् ।

अहिलेका जल्दाबल्दा र लोकप्रिय डिजाइनर प्रेमदेव आफ्नो सीप र क्षमता अरुलाई सिकाउन पाउँदा र आफूले डिजाइन गरेको पहिरनमा अरु रमाउँदा आफू काममा सफल भएको अनुभूत गर्छन् । यसैगरी नेपालमा देखिएको बेरोजगार समस्यामा पनि आफ्नो क्षमताले भ्याएसम्म युवायुवतीलाई रोजगार पनि प्रदान गर्न सकेकोमा उनी झनै खुसी हुन्छन् ।

‘४ हजार तलबबाट मैले काम गर्न थालेको थिएँ । डिजाइनर प्रेमदेव विगत सम्झिँदै भन्छन्, न्यूरोड मख्खनटोलस्थित दुलही साडी शोरुममा काम गर्दागर्दै मेरो भविष्यको बाटो देखाइदिने कलाकार शिव श्रेष्ठकी छोरी डाक्टर बबी श्रेष्ठको साडी किन्न आउँदा उनको नजर ममाथि पर्यो । डिजाइन कोर्स गर्न सल्लाह दिने उनै बबीको प्रेरणाले आज मलाई एक सफल डिजाइनर बनायो।’

प्लस टु भारतबाट पूरा गरेका डिजाइनर प्रेमदेवले सन् २००९ मा नेपालमा नै फेसन डिजाइन कोर्स गरे । त्यसयता उनी निरन्तर डिजाइन पेसामा आबद्ध छन् । तर त्यतिबेला कोर्स पूरा गरे पनि उनी खासै खुसी हुन भने सकेका थिएनन् । जब उनमा डिजाइनको प्यासन जाग्यो त्यसयता उनले एक पल पनि गुनासो गर्ने अवस्था आएन ।

प्रेमदेव आफैमा एक पोख्त डिजाइनर हुन । आफू जस्तै अब आउने नयाँ पुस्तालाई पनि बढी नक्कल नगरी कोर्स पूरा गरेर उत्कट इच्छाका साथ यो क्षेत्रमा प्रवेश गर्न उनी सल्लाह दिन्छन् । उनी अहिलेका नयाँ डिजाइनरहरू सिर्जना गर्न इच्छा नगर्ने तर बलिउड डिजाइनको कपी क्याट गर्न भने सक्रिय भएको गुनासो पोख्छन् । नेपाली फेसन डिजाइनमा देखिएको यो कल्चरको विरुद्धमा आवाज उठाउने डिजाइनर प्रेमदेव  अहिलेको मागलाई  हेरेर नेपालीपन झल्कने डिजाइनमा बढी जोड दिन सबै डिजाइनरलाई आग्रह गर्छन् ।

यसो हेर्दा सहज देखिएपनि डिजाइन गर्नु आफैमा कठिनाइ हुने  डिजाइन क्षेत्र निरन्तरको मेहनत र सिपले जो कोहीपनि अब्वल डिजाइन बन्न सक्ने डिजाइन प्रेमदेवको दावी गर्छन् । यद्यपि, कयौं युवायुवती डिजाइन बन्ने सपना बोकेर यस क्षेत्रमा प्रवेश गरे पनि कहिलेकाहीँ  अरूको लहैलहैमा लागेर छोटो समय काम गर्ने र पलायन हुने डिजाइनरका कारण स्थापित डिजाइनरलाई ग्राहकले सवाल नउठाउन् भन्ने उनलाई लाग्छ । डिजाइन पेसामा नाम, काम र दाम सबै छ । तर यी सबै कुरा प्राप्त गर्न  मेहनत, निरन्तरता र आफ्नो कामप्रति विश्वास हुनुपर्ने डिजाइनर प्रेमदेवको भनाइ छ ।  

डिजाइन क्षेत्रलाई नै जीवनको प्रमुख लक्ष्य बनाएका डिजाइनर प्रेमदेव पेसालाई निरन्तरता दिइ आधुनिक अर्थात् परिवर्तित शैली अपनाएर नेपालको फेसन जगत्लाई अन्तर्राष्ट्रिय जगत्को फेसनसँग प्रतिस्पर्धा गर्न लायक बनाउने सकिने तर्क गर्छन् । कसरी हुन्छ बाँचुन्जेल यो पेसालाई सम्मान गर्दै टिपाज क्रियसनका डिजाइन्लाई आम नेपाली महिलाहरूको नजरमा पर्न सकुन भन्नका लागि उनी दैनिकजसो कुनैन कुनै ट्रिक्स अपनाउँछन् । यसका लागि उनी निकट भविष्यमा नै टिपाज क्रियसनको फ्रेन्चाइज अर्थात् शाखा नेपालका मुख्य सहरमा बिस्तार गर्ने तयारीमा समेत जुटेको बताउँछन् ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...