 
                                    
                                एक पन्थ दुई काज भने झै काठमाडौंको कठ्यांग्रिदो जाडो छल्न अहिले धेरै युवायुवतीको पहिलो रोजाइमा पर्न थालेको छ– हुड । हुडले शरीर ढाक्ने मात्र नभै टाउको छोप्ने टोपी तथा हात छोप्ने पञ्जाको काम पनि गर्छ । टोपीसँगै अघिल्लतिर गोजी पनि भएकाले चिसोमा हात लुकाउन पाइने हुँदा अधिकांशले हुडको न्यानोपनको मज्जा लिएको पाइन्छ । कलेज तथा कार्यस्थलमा समेत हुड लगाउने युवायुवतीहरूको संंख्या बाक्लो देखिन्छ । यति मात्र होइन, चिसो वातावरणमा काम गर्नै पर्ने बाध्यता तथा लामो यात्रा गरेर कार्यस्थलमा पुग्नुपर्ने अनिवार्यतालाई मध्यनजर गर्दै पहिरन छनोट गर्नुपर्ने हुन्छ । त्यसैले व्यस्त दैनिकी भएकाहरूका लागि हुड पहिलो प्राथमिकतामा पर्न थालेको छ । जाडोमा बाक्लो ज्याकेट वा लुगा खप्ट्याएर लगाउनुको विकल्प हुँदैन, त्यसैले पहिरनको मामिलामा जाडोमा पनि हल्का हुन खोज्नेहरूबीच हुड लोकप्रिय भएको हो ।
केही वर्षयता नेपालमा पनि हुडको फेसन निकै फस्टाएको छ । हुड विशेषगरी, युवापुस्ताको मन तान्न हुड सफल छ । बजारमा न्यानोपन दिने थरीथरीका कोट, ज्याकेट तथा बाक्ला पहिरनको कमी छैन । तथापि, यो वर्षको जाडोमा हुडको जस्तो माग अन्य पहिरनको नभएको व्यवसायीहरू बताउँछन् । अहिले हुडले नै न्याना पहिरनको बजारको उल्लेख्य हिस्सा ओगटेको व्यवसायीहरू दाबी गर्छन् । बजारमा अहिले सामान्यदेखि महँगो मूल्यसम्मका विभिन्न गुणस्तरका हुड बजारमा उपलब्ध छन् । सामान्य युवायुवतीहरू आफूलाई आवश्यक पर्ने र आफ्नो क्षमताअनुसारका हुडप्रति आकर्षित भएको पाइन्छ ।
सेलिब्रेटी तथा ब्रान्डेड पहिरनमात्र रुचाउने वर्गका मानिसहरू पनि यतिबेला आफूलाई जाडोबाट जोगाउन हुडप्रति नै आकर्षित भएको पाइन्छ । अहिले बजारमा महिला/पुरुष, किशोर/किशोरीदेखि लिएर साना शिशुहरूका लागि पनि विभिन्न आकार, रंग तथा डिजाइनका हुड खरिद गर्न सकिन्छ ।
युवायुवती दुवैका लागि फिट हुने डिजाइनको हुड नेपाल भित्रिएको आधा दशकभन्दा बढी भैसकेको छ तर यसले गत वर्षदेखि मात्र फेसनका रूपमा लोकप्रियता पाउन थालेको हो । मलदेखि फुटपाथसम्म जताततै सहजै किन्न सकिने र हेर्दा बाक्लो, लगाउँदा न्यानो, विभिन्न रंग तथा डिजाइनमा उपलब्ध हुने हुडको अहिलेको लोकप्रियता लोभलाग्दो छ । हुडको यो लोकप्रियता यो जाडोभरि नै कायम रहने फेसन विश्लेषकहरू बताउँछन् ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...