Advertisement
Advertisement
Advertisement
Advertisement

निल डेबिड कटवालको 'एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड' अब चाडै नेपाली बजारमा आउने

निल डेबिड कटवालको 'एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड' अब चाडै नेपाली बजारमा आउने

काठमाडौं । बिगत लामो समय देखी सौन्दर्य पेशामा आबद्ध निल डेबिड कटवाल भर्सटायल छविका साथ पुन: एकपटक बजारमा प्रस्तुत भएका छन् । सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलो पटक ‘ट्रंक शो’ आयोजना गर्दै अब आफू फेसन डिजाइनरको रुपमा समेत सक्रिय भएको घोषणा गरेका छन् ।

विगतमा भारतको दिल्ली ईन्टरनेशनल इन्स्टिच्यूटबाट फेसन डिजाइनिङ कोष गरेर एउटा सफल फेसन डिजाइनर बन्ने सपना देखेका नीलडेभिड आइतबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरेका हुन् । ट्रंक  शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन् । आइतबार प्रदर्शन गरिएका पहिरनमा नीलडेभिडले पर्सियन डिजाइनहरु प्रस्तुत गरेका छन् । यी पहिरनहरु तयार पार्न नीलडेभिडले भारतको कोलकाताका स्थापित फेसन डिजाइनर अनु खेमाकासंग सहकार्य गरेका छन् । ‘एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड’ अब चा“डै नै काठमाडौंमा सञ्चालन हुने नीलडेभिड कटवालले स्पष्ट पारेका छन् । 

फेसन शोकै शैलीमा डेढ दर्जन नेपाली व्यवसायिक मोडलहरुले ती पहिरनहरु प्रदर्शन गरेका हुन् । ट्रंक शोको शोजस्टरमा नायिका गौरी मल्ल तथा पूजना प्रधान रहेका थिए ।  उनीहरुले अन्य मोडलहरुसंगै एनडिके एण्ड सिफन ब्रान्ड लगाएर ऱ्याम्पमा क्याटवाक गरेका थिए ।

आफ्ना डिजाइनहरुको पहिलो शोमा नीलडेभिडले ओमन्स वेयरलाई प्राथमिकता दिएका छन्, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्तासहितका डिजाइनरहरु समावेश छन् । एनडिके एण्ड सिफनको अर्को फेसन शो अक्टोर १४ का दिन कोलाकाताको ताज बंगाल होटलमा सम्पन्न हुनेछ ।

नीलडेभिडले एनडिके एण्ड सिफ ब्राण्डलाई नेपालमा स्थापित परेर अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मौलिकता लाई विशेष ध्यान दिएर नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य लिएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement