Advertisement
Advertisement
Advertisement
Advertisement

निमा र निसालाई रजत पदक

  |      11:18:00   |  
वेब तस्विर
वेब तस्विर

असार २९, काठमाडौं ।  नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

 

कोरियाको पोहाङमा हिजो भएकोे खेलमा फाइटतर्पm निमाले ५७ केजी मुनि तौलसमूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएका हुन् । 

 

पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । यद्यपि फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुँदै निमा रजत पदकमै सीमित भइन् । 

 

निशाले पनि फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजतमै चित्त बुझाइन् । महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगीता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कास्य पदक जितिन् । 

 

पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्पm भने मिश्रित सफलता हात पारे । ६८ केजी तौल समूहका वीर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा पनि कोरियाका खेलाडीसँग पराजित हुँदै कास्य पदकै सीमित भए । 

 

सोही क्याटोगरीकै ८० केजीमुनि भुपेनले सेमिफाइनलमा कोरियाका खेलाडीलाई १८–९ ले जित्दै फाइनल यात्रा तय गरेका थिए । तर फाइनलमा मेलेसियाका खेलाडीसँग ११–२० ले स्तब्ध भएपछि रजत पदकमै चित्त बुझाए । 

 

टिम फाइटतर्पm भने शुक्रबार खेल हुने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए। विष्टले यो खेलबाट राम्रो अनुभव लिँदै इन्डोनेसियामा हुने एसियन गेम्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

 

नेपाली टोली हाल ओलम्पियनद्वय संगिना वैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement